दोस्रो विश्व यूद्धमा सहादत प्राप्त गरेका गोर्खाहरुलाई ईटालीमा श्रद्धान्जली

९ कार्तिक २०६९, बिहीबार ०२:४५ मा प्रकाशित

शेर बहादुर राना, ईटाली, ९ कार्तिक । बडा दशैं २०६९को अवसर पारेर दोस्रो विश्व यूद्धमा सहादत प्राप्त गरेका गोर्खा सैनिकहरुको सम्झनामा ईटालीको ईमिलिया रोमाग्नामा गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद ईटालीले श्रद्धान्जली सभाको आयोजना गर्यो। श्रद्धान्जली सभा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटालीका अध्यक्ष डा.अनिल भट्टराईको अध्यक्षता र ईटालीकालागी नेपाल सरकारको महाबाणिज्यदूत पाओलो नुगारीको प्रमूख आतिथ्यमा सम्पन्न भएको थियो । श्रद्धान्जली सभाएनआरएन बेलायतका अध्यक्ष कुल आचार्य, एनआरएन बेल्जियमका आईसीसी सदस्य अर्जुन कुमार श्रेष्ठ र एनआरएन ईटाली द्वारा प्रदान गरिएको छात्रवृति कर्यक्रममा सहभागी हुन ईटाली आउनु भएका अलिशा श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । सभामा नेपाली समाज भारेजे ईटालीका अध्यक्ष संजय श्रेष्ठ, भेनिस एस्सोसिएसनका अध्यक्ष डोली आचार्य, पिसा समाजका अध्यक्ष दीपा रेग्मी, रोम समाज ईटालीका अध्यक्ष देवराज गुरुङ, एनआरएन ईटालीका सल्लाहकारकृष्ण न्यौपाने लगायत ईटालीको विभिन्न शहर भारेजे,मिलान,भेनिस,पिसा, पादोवा र रोममा बसोबास गर्नुहुने नेपालीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवातमा दोस्रो विश्व यूद्धको लडाईमा ईटालीमा सहादत प्राप्त गर्नु भएका गोर्खा सैनिकहरुलाई हार्दिक श्रन्दाजली अर्पण गर्दै १ मिनेटको मौन धारण गरिएको थियो । आजको यस्तो ब्यस्त संसारमा आ आफ्नो व्यस्ततालाई बिर्सेर हाम्रो निमन्त्रणालाई स्वीकार गरि टाढा टाढा देखि पाल्नु भएको हाम्रा अतिथिहरुलाई एनआरएन ईटालीका उपाध्यक्ष ज्ञानेन्द्र तिमल्सेनाले स्वागत गर्दै उपस्थितिकोलागि धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
महासचिब शेर बहादुर रानाले बिर गोर्खाहरुको ईतिहास माथि प्रकाश पार्नु भएको थियो उपस्थित सबैलाई हाम्रा पूर्खाहरुको यूद्ध भूमिमा गर्जन गर्ने मन्त्र आयो गोर्खाली भनि ठूलो स्वरमा आफु संग भन्न अनुरोध गर्दा सबै तिर बाट आयो गोर्खालीको ठूलो स्वरले चिहान गुन्जन्मय भएको थियो। वहाँले उपस्थित सबैलाई उपस्थितिकोलागी सबैलाई बिशेष धन्यबाद दिनु भयो ।प्रमुख अतिथि तथा नेपाल सरकारका अवैतनिक महबाणिज्यदूत पाओलो नुगारीले गोर्खाहरुले १९४३ देखि १९४५ सम्म ईटालीलाई जर्मनी बिरुद्धको लडाईंमा दिनु भएको योगदानलाई ईटालीले कहिल्यै बिर्सन नसक्ने कुरा बताउँदै, सम्झना र श्रद्धान्जली सभा आयोजना गरेकोमा एनआरएन ईटालीको प्रशंसा गर्नु भएको थियो । अतिथिको आसन बाट एनआरएन बेलायतका अध्यक्ष कुल आचार्यले बेलायतमा गोर्खाहरुको ठुलो जमात रहेको र आफु बेलायतवासी नेपालीको प्रतिनिधि पात्र भएकोले एनआरएन इटलीले बिशेष निमन्त्रणा गरेकोमा बिशेष धन्याबाद दिदैं दोश्रो विश्वयुद्धमा शाहदत प्राप्त ५९१ गोर्खाहरुलाई हार्दिक श्रधान्जली अर्पण गर्नु भएको थियो । कार्यक्रममा वहाँले एनआरएन बेलाएतको तर्फबाट बिशेष सम्झना स्वरूप ल्याउनु भएको “टोकन अफ लव” ईटालीकालागी नेपाल सरकारको महाबाणिज्यदूत पाओलो नुगारी, एनआरएन ईटालीका अध्यक्ष डा.अनिल भट्टराई, एनआरएन बेल्जियमका अर्जुन कुमार श्रेष्ठ र एनआरएन ईटालीका महासचिब शेर बहादुर रानालाई हस्तान्तरण गर्नु भएको थियो । करीब ८० हजारभन्दा बढि पुर्व गोर्खा तथा तिनका परिवारहरु रहेको बेलायतमा आधा दर्जन बढी गोर्खाहरुका सवालमा आन्दोलनरत संघसंस्थाहरु क्रियाशिल रहेको जानकारी गराउँदै सबैको प्रतिनिधि पात्र बनि यस कार्यक्रममा उपस्थित हुन पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले एनआरएनको स्थापना र उद्देश्य माथि प्रकाश पार्नु भयो । एनआरएन प्रवाशी नेपालीहरुको विश्वब्यापी संजालको रुपमा स्थापित भैसकेको भन्दै यसका भाबी योजनाहरुका बारेमा जानकारी दिनु भएको थियो। उहाँले एनआरएनले अघि सारेको सामुहिक लगानी सम्बन्धि योजनाका बारेमा बिशेष प्रकाश पार्नु भएको थियो, जसको प्रमुख परियोजना मध्ये १०० मेघावाटको बिधुत परियोजनामा सबै इक्छुक नेपालीहरुलाइ लगानी गर्ने अवसर भएको जानकारी दिनु भयो ।

एनआरएन बेल्जियमका अर्जुन कुमार श्रेष्ठले श्रधान्जली अर्पण गर्दै यस्तो एतिहासिक कार्यक्रममा उपस्थित हुन पाउँदा धेरै खुशी व्यक्त गर्दै एनआरएन ईटालीलाई बिशेष धन्यबाद दिनु भयो । महान गोर्खाहरुको स्मारक स्तम्भमा भारतीय सैनिकहरु भनि कुदिएको हुँदा यसलाई सच्चयाउनुकोलागी एनआरएन ईटालीलाई पहल गर्न सुझाब दिनु भयो । बिर गोर्खाहरुको चिहान बेल्जियमको इपेर शहरमा पनि रहेको र त्यस स्मारक स्तम्भमा पनि भारतीय सैनिक कुदिएको तर अहिले नेपाली राजदूताबास र एनआरएन बेल्जियमको बिशेष पहलमा अर्को नया स्तम्भको निर्माण हुन गई रहेको जानकारी दिनु भएको थियो । साथै ईटालीको यस स्मारक स्तम्भलाई सच्च्याउनको निम्ति सक्दो सहयोग गर्न तत्पर रहेको बताउनु भयो।
एनआरएन ईटालीको कार्यहरु बिश्व भरि रहेको एनआरएनको लागि उदाहरणीय भएको बिशेष कदर गरि रहेको जानकारी पनि दिनु भयो । यस एतिहासिक कार्यक्रममा उपस्थित हुन पाउँदा धेरै खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुमा भाग लिन ईच्छुक रहेको बताउनु भयो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष डा.अनिल भट्टराईले हाम्रा पूर्खाहरुको सम्झानामा एतिहासिक कार्य गर्न पाउँदा धेरै खुशी लागेको बताउनु भयो साथै एनआरएन ईटालीले स्मारक स्तम्भमा कुदिएको भारतीय सैनिकलाई सुधार गर्नकोलागी सक्दो पहल गर्ने बताउनु भयो । कार्यक्रमलाई सफल पार्न उपस्थित हुनु भएका सम्पूर्णलाई बिशेष धन्यबाद दिदैं आगामी दिनमा पनि यस्तै सहयोग पाउने कुरामा बिश्वस्त रहेको बताउनु भयो । उहाँले सम्पूर्ण इटालीबासी नेपालीलाइ एकजुट भई अगाडी बढ्न आह्वान गर्नुभयो । उहाँले एनआरएन ईटाली र सम्पूर्ण ईटाली बासि नेपालीको साझा संस्था भएको कुरा स्पस्ट पार्नु भएको थियो । एनआरएन इटालीले गर्दै आएका यस्ता एतिहासिक एवं रचनात्मक कार्यहरु भोलिका दिनहरुमा आउने नया कार्य समितिहरुले पनि निरन्तरता दिई रहनेछ भन्ने बिश्वास व्यक्त गर्नु भयो । ईटालीको विभिन्न शहर बाट भएको व्यापक उपस्थितिले एनआरएन ईटालीले गरेको काम प्रति सबैको सहयोग र समर्थन रहेको स्पस्ट पारेको वहाँको भनाइ थियो । कार्यक्रममा एनआरएन ईटालीका सचिव राम कुमार राईले संचालन गर्नु भएको थियो भने सल्लाहकार सदस्य श्रीमती दीपा रेग्मीज्यूले पाहुनाहरुलाई खादा लगाई स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने

काठमाण्डाैं।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह

काठमाण्डाैं।निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका