नुवाकोटको त्रिशुली तर्फ जादै गरेको माइक्रो बस दुघर्टना, ४ जनाको मृत्यु

८ कार्तिक २०६९, बुधबार २३:२४ मा प्रकाशित

देव चन्द्र भट्ट, नुवाकोट, ८  कार्तिक । काठमाण्डौबाट नुवाकोटको त्रिशुली तर्फ जादै गरेको माइक्रो बस पासाङ ल्हामुमार्गको बेल्कोट गाविसको ती गाउँस्थित ओखरबोटे भिरमा दुघर्टना हुँदा ४ जनाको मृत्यु भएको छ । नुवाकोटको त्रिशुली तर्फ जादै गरेको बा १ ज ९७५७ नम्वरको रुट विनाको माइक्रो बस बेगकोट नमुना गाविस वडा नम्वर ५ ती गाउँस्थित ओखरबोटे भिरवाट करिव ५ सय मिटर तल खसेको हो । मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेको तर उनीहरुको सनाखत भईसकेको छैन । अन्य १३ जना गम्भिर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाण्डौं ल्याइएको छ । घटनास्थलमा उद्धार र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर