हिरोसिमाको ईचुकाइची शहरमा मोहनी काइको दसैँ सम्पन्न

८ कार्तिक २०६९, बुधबार १९:४० मा प्रकाशित

जापान । जापानको हिरोसिमा क्षेत्रमा बिगत २० बर्ष देखि तोयोको नेपाल मोहनी काइले नेपाली दसैँ कार्यकम आयोजना गर्दै आइरहेको छ । यसमा जापानिज, नेपाली र बिदेशी गरि १९३ जान सदस्य रहेको छ । बिगत २० बर्ष देखि नेपाली र जापानिज बिचको सम्बन्धलाइ प्रगाड बनाउन यस सस्थाले हिरोसिमा क्षेत्रमा नेपाल प्रति माया राक्ने जापानिज मित्रहरु तथा जापान प्रति सदभाब राक्ने नेपाली मित्र हरुलाई समेटेर नेपाली सस्कृति सदभाव दुइ देश बिच भाइचाराको बिकाश गर्ने बिबिध रचनात्मक कार्यकमहरुको आयोजना गरि नेपाल र जापान बिचको सम्बन्ध लाइ सुमधुर बनाउने कार्यहरु गर्दै आइरहको छ । मिति २०१२ अक्टोवर २१ आइतबारको दिन बिहान ११ बजे बाट १५ बजे सम्म दसैँ कार्यकम को आयोजना गरिएको थियो ।

जापानिज, नेपाली र बिदेशी मित्रहरुसमेत २०० जनाको सहभागितामा दसैँ कार्यकमको आयोजना गरिएको थियो । यस कार्यकममा सबैजना मिलेर नेपाली मण्डला कोर्ने रचनात्मक काम ,नेपाली निर्त्ये ,जापानिज नाच, नेपाली खाना को परिकार, दुइ देश बिचको सस्कृति समागमनको बिकाश ,हिरोशिमा क्षेत्रको गन्य मान्य व्यक्तिहरुको सहभागिता समेत भएको अबसरमा उपस्थिति सबै सहभागीहरुलाई नेपाल र जापानको सम्बन्धको बारेमा जानकारी, अन्तरास्ट्रिय सम्बन्ध ,बिकाश र बुझाईहरुको प्रतक्ष्य अबलोकन जस्ता कार्यकम हरुको सहज आयोजना गरि सहभागी बिच बडा दसैँको उपलक्ष्यमा सुख शान्ति सम्वृद्धिको सुभ कामना आदान प्रधान कार्यकम भएको थियो ।
बिगत २० बर्ष देखि नेपाली, नेपाली विधार्थी, नेपाली समाजलाई सरल सहज न्यानो माया, सहयोग गर्दै आइरहेको यस सस्थाले हिरोशिमा वरिपरी बसोबास गर्ने नेपाली हरुलाईको लागि एउटा राम्रो अभिबाबक सस्थाको रुपमा लिन सकिने कुरा सस्थाका सल्लहाकार अधिबक्ता बलराम श्रेष्ठले बताउनु भयो।
नेपाली र जापानिज हरुको बिचमा सौहार्दता बाताबरण मा यस्तो महत्वपूर्ण दसैँ कार्यकम गरि दुइ देश बिचको जनता हरुको सम्बन्ध लाइ प्रगाड बनाउने काम मा सधै लागि रहन पाएकोमा हामीलाई निकै खुसि लागेको छ भनि सस्थाको अध्यक्ष ताकादा तोयोको ले बताउनु भयो।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने

काठमाण्डाैं।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह

काठमाण्डाैं।निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका