मदिराले लट्ठीएर वितण्डा मच्चाउने स्वास्थ्य राज्यमन्त्रीलाई कारबाही गराउन स्वास्थ्यकर्मीको आन्दोलन जारी

८ चैत्र २०६८, बुधबार ०९:१८ मा प्रकाशित

काठमाडौ, ८ चैत । अत्याधिक मादक पदार्थ सेवन गरी वीर अस्पतालका कर्मचारीलाई दुव्र्यवहार गर्ने स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवलाई कारबाही गर्न वीर अस्पतालका १५ वटा कर्मचारी ट्रेड युनियनसँग आवद्ध स्वास्थ्यकर्मीहरूले आज दबाबस्वरुप आन्दोलन जारी राख्ने भएका छन् । उनीहरूले कारवाहीका लागि २४ घन्टे अल्टिमेटक दिएका थिए । आज आन्दोलन अन्तर्गत डेड घन्टा धर्ना दिइने र अस्पताल १५ वटै कर्मचारी संगठनले संयुक्त रूपमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई भेटेर ज्ञापन बुझाउने कार्यक्रम तय गरिएको छ । यसअघि नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल पत्रकार महासंघ, नेपाल चिकित्सक संघलगायतले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी स्वास्थ्य राज्यमन्त्रीको दुव्र्यवहारको भत्र्सना तथा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर