वनमन्त्रीबाट डिएफओलाई दुर्ब्यबहार

८ कार्तिक २०६९, बुधबार १९:३४ मा प्रकाशित

गौशाला, ८ कात्तिक । वनमन्त्री यदुवंश झाले जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख विद्यानाथ झालाई जुत्ता देखाएर दुर्ब्यबहार गरेका छन् । आफ्ना नातेदारलाई बोका ढुवानी गर्न जिल्ला वन कार्यालयले गाडी उपलब्ध नगराएको निहुँमा वनमन्त्री झाले आज बिहान जिल्ला सदरमुकाम जलेश्वरस्थित वन कार्यालयमा पुगी कार्यालय प्रमुख झालाई गाली गर्दै जुत्ताले पिट्ने धम्की दिएका थिए । छोरा र नातिसहित वन कार्यालय पुग्नुभएका मन्त्री झालाई कार्यालय प्रमुख झाले फूलमाला लगाई स्वागत गर्नुभएको थियो । तर मन्त्री झाले कार्यालयमा छिर्ने बित्तिकै झालाई ‘तँ निच र पतित होस्, तँजस्तालाई जुत्ताले हिर्काउनुपर्छ’ भनेका थिए । कार्यालय प्रमुख झाले दसैँको बिदामा सरकारी गाडी प्रयोगमा नल्याउने भन्ने निर्देशन मुताबिक गाडी कार्यालय प्रयोजनमा समेत प्रयोग नगरिएको र मन्त्रीलाई पनि उपलब्ध नगराइएको बताउनु भयो । झाकाअनुसार हिजो मन्त्रीका सालोका छोराले बोका चढाउन कार्यालयको गाडी मागेको थियो । बिदाको बेला भएपनि विभागीय मन्त्री आउँदै गरेको भन्ने सूचना पाएर स्वागतका लागि कार्यालय खोली बसेका झालाई मन्त्रीले आज बिहान ११ बजे कार्यालय पुग्ने बित्तिकै दुव्र्यवहार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले