नेपाली मूलका अमेरिकन सैनिक अमेरिकन सैनिक पुरस्कार द्वारा सम्मानित

८ कार्तिक २०६९, बुधबार १९:२९ मा प्रकाशित

विजय थापा, वाशिंगटन डिसी, अमेरिका । नेपाली मूलका अमेरिकन सैनिक सरल कुमार श्रेष्ठ अमेरिकाको वाशिंगटन डिसीमा  ‘बर्ष २०१२ को सैनिक’ पुरस्कार द्वारा सम्मानित भएका छन। अमेरिकन सैनिक पुरस्कार समारोहमा उक्त घोषणा अमेरिकन सैनिक समाचार सेवा द्वारा जनाईएको छ। उच्च शिक्षाको लागि १७ बर्षको कलिलो उमेरमा २००६ मा सयुक्त राज्य अमेरिका आएका श्रेष्ठ सन् २००९ मा अमेरिकन सेनामा प्रवेश गरेका थिए। श्रेष्ठ कम्प्युटर तथा सूचना बिज्ञान संजालमा स्नातक तथा बिधुत उत्पादन उपकरणका प्राबिधिक पनि हुन्।
अमेरिकाको बिशेष सैनिक दलको फोर्ट ब्राग उत्तर क्यारोलिनामा कार्यरत तथा दरबन्दी रहेको छ। अमेरिकी सेनामा तीन बर्ष अफगानस्थानमा आफ्नो जिम्मेबार पुरा गरि अमेरिका फर्केका छन् भने आफ्नो सफलताको लागि उनकी धर्मपत्नी एलिशा रहको बताएका छन्। सैनिक पदाधिकारी सरल कुमार श्रेष्ठ डा. रमेश कुमार श्रेष्ठका कान्छा सुपुत्र हुन् र यी काठमाडौँ नक्साल निवाशी हुन्। अमेरिकन सैनिक पदाधिकारी सरल कुमार श्रेष्ठ आफ्नी धर्मपत्नीका साथ पूर्ण सैनिक पोसाकको साथ नेपाली राजदूताबास, वाशिंगटन डिसीमा भ्रमण गरेका थिए र नेपाली दूताबासका उपनियोग प्रमुख अर्जुन कान्त मैनाली तथा अन्य दूतावास परिवारले भब्य स्वागत गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३