मुस्ताङबाट दशैका लागि करिब ३८ करोडका ३० हजार भेडाच्याग्रा निकासी

८ कार्तिक २०६९, बुधबार १९:०४ मा प्रकाशित

चन्द्रश्वर बस्ताकोटी, जोमसोम,मुस्ताङ, ८ कार्तिक ।
हिन्दुहरुको महान चाड दशैमा अरुवेला भन्दा बढि मासु खाने प्रचलन छ । दशैमा बिशेष गरि आआफ्नो चलन अनुसार मारहान्ने भन्दै च्याग्रा, भेडा, खसिबोका, रागा, कुखुराको मासु खाने प्रचलन छ । हिमालीक्षेत्रमा पालीएका भेडाच्याग्राको मासु दशैमा बढिनै खाने गरिन्छ ।

यसबर्षको दशैका लागि मुस्ताङबाट करिब ३० हजार भेडाच्याङग्रा अन्य जिल्लामा निकासी भएको छ । मुस्ताङको घाँसा क्षेत्र हुदै करिब २१ हजार ५ सय र थोरङपास, मनाङ हुदै करिब ८ हजार ५ सय भेडाच्याग्रा निकासी भै बजारसम्म पुगीसकेको जिल्ला पशुसेवा कार्यालय जोमसोमका प्रमुख डा गुरु प्रसाद खकुरालले बताउनुभयो ।

हिमाली क्षेत्रका भेडाच्याग्राको मासु दशैमा बिशेष महत्वका साथ खाने प्रचलन रहेकाले दशै तिहार नै भेडाच्याग्रा किसानको ब्यबसायीक मौसम हो । यस बर्ष किसानले राम्रो मुल्य पाएको बताउदै मुस्ताङबाट बाहिरीएका भेडाच्याग्रा स्वास्थ्य परिक्षण गरेरमात्र निकासी गरिएको कार्यालयले जनाएको छ ।

सदरमुकाम जोमसोममा एक भेडाको मूल्य करिब १२ हजार च्याग्राको मुल्य करिब १३ हजार रहेको थियो । दुबै नाका हुदै दशै अगाडी करिब ३८ करोड मूल्य बराबरको भेडाच्याग्रा निकासी भएको हो । मुस्ताङको घासा हुदै निकासी गरिएका भेडाच्याग्रा पोखरा, बेनी, बाग्लुङ, कुस्मा लगायतका स्थानमा लगि केहिदिन अगाडीबाटै बेच्न शुरु भै सकेको पोखराका ब्यापारी मुक्ति अधिकारीले बताउनुभयो । मुक्तिनाथ थोरङपास, मनाङ हुदै लगिएका भेडाच्याग्रा बेशीशहर, मुग्लीङ, नारायणघाट, काठमाण्डौ लगायतका स्थान सम्म पु¥याएर बेचीरहेका छन ।

सबैकुराको मुल्य बृद्धिसगै चिनिया युयान समेत बढेकाले भेडाच्याग्राँको मुल्य बढेको किसानहरुले बताएका छन । गत बर्षको तुलनामा यो बर्ष कम भेडाच्याग्रा निकासी भएको ब्यापारीहरुले बताएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ