श्रेणीबिहीन कर्मचारीको दसै कार्यालयमै

८ कार्तिक २०६९, बुधबार ०७:५१ मा प्रकाशित

सन्तोष गौतम,बेनी, म्याग्दी,  ८ कात्तिक । जताततै दसैंको उल्लास छाएपनि श्रेणीबिहीन कर्मचारीहरुलाई भने दसैको रौनकले छोएको छैन् । सरकारी कार्यालयका विभिन्न स्तरका कर्मचारी दसै मनाउन बिदा भएलगत्तै आ आफ्नो घरमा गएपनि श्रेणी बिहीन कर्मचारीहरुले कार्यालय कुरेर बस्नुपरेकाले उनीहरुलाई चाडवाडको रौनकले छुन नसकेको हो । उपल्ला स्तरका कर्मचारीहरु दसैं बिदामा रमाएपनि कार्यालयको संरक्षण गरेर बसेका उनीहरु चाडवाडमा एक्लै हुँदा निरश अनुभव सुनाउछन् । जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय, शिक्षा कार्यालय, वन, भुसंरक्षण, पशुसेवा, स्वास्थ्य, महिला तथा बालबालिका, मालपोत लगायत दर्जनौ कार्यालयको यतिबेला कार्यालय सहयोगीहरुले संरक्षण गरिरहेका छन् । लामो बिदामा चोरी, तोडफोड र अन्य घटना हुन सक्ने भएकाले कार्यालयहरुले कात्तिक ३ गतेदेखि कार्यालय सहयोगीहरुलाई पालो लगाएर कार्यालय कुर्ने जिम्मा लगाएका छन् । आफन्तसंग चाड मनाउने चाहना भएपनि कार्यालयको संरक्षण र हेरचाह गर्नुपर्ने दायीत्व थपिएकाले दसैको रौनकले नछोएको जिल्ला कृषि विकास कार्यालयकी कार्यालय सहयोगी तुलकुमारी श्रेष्ठले बताउनुभयो । उहाँ लगायत अन्य तिन जनालाई कात्तिक १३ गतेसम्म कार्यालय कुरेर बस्ने जिम्मेवारी तोकीएको छ । अरु सबै दसै मनाउन घर गए श्रेष्ठले भन्नुभयो हामीले कार्यालय कुरेर बसेका छौ । दसैंको भन्दा पनि कार्यालयमा कुनै अप्रिय घटना नहोस भन्ने चिन्ता बढी रहेको श्रेष्ठले बताउनुभयो । लामो बिदा भएकाले कार्यालय त्यतीकै छोड्न नहुने भएकाले कार्यालय सहयोगीहरुलाई जिम्मेवारी तोकेको जिल्ला कृषि विकास कार्यालयका शाखा अधिकृत देवीप्रसाद आचार्यले बताउनुभयो । जिविसको कार्यालय हेरचाह, संरक्षण र सुरक्ष गर्ने जिम्मेवारी पाएका कार्यालय सहयोगी चक्र बानियाले दसैको भन्दा कार्यालयको जिम्मेवारीले बढी चिन्तीत बनाएको बताउनुभयो ।बानियासंगै यामबहादुर खीत्रीले जिविस कुरेर बस्ने जिम्मेवारी पाउनुभएको छ । कार्यालयहरुले दसैको समयमा कार्यालयमा बस्ने कर्मचारीलाई अतिरित्त सुबिधा दिएको जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी