लेस्टरका नेपालीहरुले बडादशैको शुभकामना साटासाट गरे

८ कार्तिक २०६९, बुधबार ०६:५० मा प्रकाशित

पशुपती पोख्रेल, लेस्टर, युके । विजया दशमी २०६९को अवसरमा सृजनसिल लेस्टर नेपाल युकेको आयोजनामा लेस्टरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
लेस्टर नेपालका अध्यक्ष दयानिधि सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिको आसनबाट बोल्दै गैर आवासीय नेपाली महासंघ युकेका आइ।सी।सी। सदस्य शंकर भण्डारीले आफ्ना मनको मैलो, राजनीतिक आस्था र बिस्वासलाइ एकातिर राखेर प्रवासी नेपालीको हक हीतलाई जोगाइराख्न एक जुट हुनुपर्ने बताउनु भयो। अर्का विशेष अतिथी एन।आर।एन। युकेका महासचिब रामशरण सिम्खडाले भन्नुभयो, देश गन्तब्यबिहिन यात्री जस्तो भैरहेको अवस्थामा नेपालको माया गर्ने बिदेशमा बस्ने नेपालीहरुले एन। आर। एन। मार्फत बुलन्द आवाज उठाएर नेपालका नेताहरुलाई झकझक्याउनु पर्ने बेला आएको छ। नेपाली डायस्पोराको अगुवा संस्था एन।आर।एन।को हामी नेपाली भन्ने भावनामा सबैलाई समेटिन वहाले आग्रह गर्नुभयो।

अतिथीको आसनबाट बोल्दै नेपाल पत्रकार महासंघ यूरोप शाखाका बरिष्ठ उपाध्यक्ष लक्ष्मण देवकोटाले आफ्नो धर्म, संस्कृतीलाई जोगाउन नसक्ने देशहरुको अस्तित्व कालान्तरमा संकटमा पर्ने तीतो सत्य भएकोले बिदेशमा रहेका सामाजीक संस्थाहरुले नेपालि चाडपर्वहरुमा कार्यक्रम आयोजना गर्नुपर्ने बताउनु भयो। अतिथिको आसनबाट बोल्दै नायिका रेजिना उप्रेतीले महान चाड दशैको बेलामा म घरबाट हिड्दा मेरो घरमा मेरो अभाब खड्किन्छ तर मेरो उपस्थितीले सयौ नेपालीको घरको याद मेटिन्छ भने म जान्छु भनेर लन्डन आएकी हु। नायिकाले त्यसो भन्दा तालीको गड्गडाहट सुनिएको थियो। शुभकामना आदान प्रदान कार्यक्रममा युरोप भ्रमणमा रहेकी नायिका रेजिन उप्रेतीले कुन्ती मोक्तानको लालिगुरास अजम्बरी बोलको गीतमा जब कम्मर मर्काइ मर्काइ नाच्न थालिन, दर्शकहरुले मन थाम्न सकेनन। कार्यक्रम स्थलका सबै जुरुक जुरुक भए र फन्की फन्की नाच्न थाले।उनको दोस्रो नृत्य उनी उध्रेको चोलीमा झन् रौनक बढ्यो।

राष्ट्रिय गीतबाट सुरु भएको कार्यक्रमको विशिष्ट अतिथीहरु एन।आर।एन।युकेका आइ सी सी सदस्य शंकर भण्डारी र महासचिब रामशरण सिम्खडाले संयुक्त रुपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो।

संस्थाका महासचिब पशुपति पोखरेलले संचालन गर्नु भएको कार्यक्रममा अतिथिहरुलाई भानुभक्त घिमिरेले स्वागत गर्नुभएको थियो। नेपालबाट आफ्ना परिवार भेट्न आउनु भएका अग्रजहरु भावी शर्मा सापकोटा, दिकुती कंडेल, रबिरमण शर्मा, हरि कृष्ण कंडेल, पदम नाथ शर्मा सापकोटा, सावित्रा पाण्डेले दुर्गा भवानीले सबैको राम्रो गरुन भनि आशिर्वाद दिनुभएको थियो।

त्यस्तै लेस्टर नेपालका संस्थापक अध्यक्ष राजु कंडेल, पिटरबरो नेपाली समाजका अध्यक्ष महेश अधिकारी, नेपाली समाज इस्टमिडल्याण्डका अध्यक्ष गंगाधर गौतमले दशैको शुभकामना मन्तब्य दिनु भएको थियो। समारोहमा कलाकारहरु नुतन प्रसाई सापकोटा,छमकला नेउपाने पोख्रेल, पशुपति पोख्रेल, सानिया अर्याल, बिशाल रेग्मी, सावित्री सापकोटा, सबिना कंडेल, सबिता कंडेल, मन थापा, दिनेश प्रसाई,असिम पोख्रेल,रोहित नेउपाने लगायतका कलाकारहरुले गीत, नृत्य,प्रहसन प्रस्तुत गर्नु भएको थियो।

एन।आर।एन।युकेका महासचिब रामशरण सिम्खडाले संस्थाको तर्फबाट नायिका रोजिना उप्रेती,पत्रकार लक्ष्मण देवकोटा र लेस्टर नेपालका दयानिधि सापकोटालाई मायाको चिनो प्रदान गर्नु भएको थियो। कार्येक्रमको अन्त्यमा कलाकार, नेपालबाट पाल्नु हुने अग्रज अतिथी,सहयोगीहरुलाई प्रसंशा पत्र अतिथीहरुबाट वितरण गरिएको थियो। मन्तब्य सकिएपछि बिहान भालेको डाकसम्म दोहोरी सहितको नाचगान चलेको थियो। लेस्टरको मूल चोकमा रहेको नेपाली रेस्टुरा एभरेस्ट डाइनमा कार्यक्रम भएको थियो। सेलरोटी, काक्राको अचार, खसीको मासु सहितको स्वादिस्ट नेपाली परिकारले घरको खान बिर्साएको थियो भनी सहभागीहरुले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

आजको प्रमुख समाचार