कलाकारहरुको बेजोड प्रस्तुतिसँगै नेदरल्यान्डसमा दशै कार्यक्रम सम्पन्नam

८ कार्तिक २०६९, बुधबार ०६:४९ मा प्रकाशित

पुष्प बरुवाल, आमस्टरडम । यसपाली नेदरल्यान्डसमा आयोजना गरिएको दशै कार्यक्रम निकै शान्त र भव्यरुपमा सम्पन्न भएको छ । नेपाल समाज नेदरल्यान्डसको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) International Nepalese Artist Society (INAS) र चौतारी समाज नेदरल्यान्डसको प्रमूख सहकार्यमा आयोजित उक्त कार्यक्रमको प्रारम्भ दुर्गा पूजाबाट गरिएको थियो भने आयोजक संस्थाका नेपाल समाज नेदरल्यान्डसका संस्थापक डा. वालगोपाल श्रेष्ठ र शशी पौडेल, संरक्षक श्री नितु श्रेष्ठ, गैर-आवासीय नेपाली संघ, नेदरल्यान्डसका नेशनल को-अर्डिनेटर श्रीराम कँडेल, नेपाल समाज नेदरल्यान्डसका कार्यक्रम संयोजक श्री फणिन्द्र पन्त र उपाध्यक्ष शान्ति टुइन्स्ट्रा, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) केन्द्रिय कार्य समितिका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष पुष्प बरुवाल, चौतारी समाज नेदरल्यान्डसका अध्यक्ष तथा आयोजक संस्थाका जनसंपर्क विभागका संयोजक श्री बिर्ख सुब्बा, लोकतान्त्रिक मन्च, नेदरल्यान्डसका अध्यक्ष श्री टिकाराम सापकोटा, नेपाली जनसंपर्क समिति नेदरल्यान्डसका अध्यक्ष श्री ठाकुर प्रसाद शर्मा, नेपाल समाज नेदरल्यान्डसका संस्थापक श्री बुद्धिसागर आचार्य, नेदरल्यान्डसका अग्रजहरु श्री लीलाधर गैरे र हरि पौडेल, नागरिक समाजका तर्फबाट श्री कमल रसाइली लगायतका संघसंस्थाहरुका प्रतिनिधिहरु तथा अग्रज व्यक्तित्वहरुले संयुक्तरुपमा दीप बालेर कार्यक्रमलाई विधिवतरुपमा शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रमलाई उद्घाटन गर्दै सबै वक्ताहरुले बिजयादशमी शुभकामना आदानप्रदान गर्नुका साथै सुशान्ति, प्रगति र सामाजिक एकताको लागि कामना गर्नुभएको थियो । नेदरल्यान्डसमा रहेका नेपालीहरुबीच जातीयता, संघीयता, धर्म र सम्प्रादायको आधारमा रत्तिभर पनि बिभेद नभै सामाजिक एकता रहेको कारण सामाजिक सदभावमूलक देशको रुपमा संसारभरि चिनाउन सकिएकोमा खुशी व्यक्त गर्दै उहाँहरुले आउँदा दिनहरुमा समाज निर्माण र सामाजिक एकतामा देखिएका कमिकमजोरीहरु हटाउदै नेदरल्यान्डसका नेपाली समूदाय बीच रहेको सामाजिक एकता र भाइचारालाई अझ मजबुत बनाइराख्न प्रयास जारी राख्ने बिचार समेत व्यक्त गर्नुभएको थियो ।

यही २१ अक्टोबर २०१२ का दिन नेदरल्यान्डसको आमस्टरडम शहरमा भएको उक्त कार्यक्रम अर्को प्रमूख आकर्षक पाटोको रुपमा सांस्कृतिक कार्यक्रम रहेको थियो । कार्यक्रमलाई स्थानीय कलाकारहरुले ज्यादै आकर्षक र मनोरन्जक बनाएका थिए । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) का तर्फबाट कलाकार सरिता हुमागाईको “सानो सानो गफ छ” बोलको गीतको चुट्का नाचले होस वा सानी बहिनी समिरा बरुवालको “हिमालकी छोरी हुँ म” बोलको राष्ट्रिय नाचलेनै होस् हलमा हरिभराउ दर्शकलाई छमछमी नचाएको थियो भने दिलु खड्काको “रुपैकी रानी तिमी” र तुफान घले र पूजा लिम्बुको ‘बतासैले उडाइल्यायो माया मेरो” र “दसैं आयो” बोलको नाचले दर्शकहरुबाट ज्यादै प्रसंसा पाएको थियो । त्यस्तै नेदरल्यान्डसका चर्चित कलाकारहरु राजु गुरुङ, सरिता गैरे, कल्पना गैरे र रितुका दाहालको “आँखा-आँखा” बोलको संयुक्त झिल्के र रोमान्टिक नाचले सबैको स्याबासी र वाहवाही पाएको थियो । कार्यक्रममा गायन र संगीतिक प्रस्तुति पनि उत्तिकै अब्बल रह्यो । हिमचुली कला केन्द्रका गायक तथा संगीत संयोजक राम बुढाथोकी, स्प्लास ब्याण्डका भोकलिस्ट बिनोद श्रेष्ठ,ज्याज गीतारिष्ट तथा कन्जरभेटोरिमा म्युजिक स्कुलका म्युजिक शिक्षक सरद जोशी,आमस्टरडम स्टुडेन्ट ब्याण्डका बेस गितारिस्ट तथा भोकलिस्ट रण लामा सम्मिलित कलाकारहरुको लाइभ कन्सर्टमा प्रस्तुत गीतहरुले हलमा भरिभराउ दर्शकलाई नाच्न वाध्य गराएको थियो भने गायिका साबी रिजाल र गायक यदु युगान्तर राईको एकल गायन पनि उत्तिकै मनमोहक थियो ।

कार्यक्रममा एउटा अर्को आकर्षक पक्ष भनेको चिठ्ठा तथा पुरस्कार रह्यो । प्रि-पेड हब नामक ठाकुर प्रशाद शर्मा र थानेश्वर कँडेलबाटबाट संचालित इन्टरनेट सर्भिसका तर्फबाट प्रायोजित उक्त चिठ्ठा कार्यक्रममा प्रवेशको लागि बिक्री भएको टिकटहरु मध्ये गोला प्रथाबाट छनौंट गरि ३ जनालाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा हामीसँग संक्षेपमा कुरा गर्दै आयोजक संस्थाका कार्यक्रम संयोजक श्री फणिन्द्र पन्तले कार्यक्रमको मूख्य उद्देश्य दसैं मनाउनु भएतापनि यस्को अर्को प्रमूख उद्देश्य सामाजिक एकता र भाइचारालाई कायम राखी समाजलाई एकवद्ध बनाइराख्नु भएको बताउनुभयो । नेपाल समाज नेदरल्यान्डसले स्थापनाकालदेखिनै एकता र आपसी सदभावका लागि पहलहरु गर्दै आएको र यसैको परिणामस्वरुप केही महिनाअघि राष्ट्रिय एकता नेपाल, नेदरल्यान्डससँग यो संस्था एकिकृत भएको कुरा जानकारी गराउदै उहाँले नेपाल समाज नेदरल्यान्डस सधैं नेपाली कला तथा संस्कृतिको उत्थान तथा कलाकारहरुको सम्मान गर्ने कार्यमा समेत सकृय भएर अगाडि बढेको र भाबी दिनहरुमा समेत संस्थाले यसप्रकारका कार्यहरुलाई अझै प्रभावकारीरुपमा अगाडि बढाउदै लान संस्था अझै सकृय भएर लाग्ने जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरुले आज पनि दसैं हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण

काठमाडौं । नेपालीहरूको महान चाड दसैँ जारी छ । यस वर्ष विजयादशमी २९ असोजमा परेको छ । यसपालिको दसैँमा नेपालका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।