बडा दसैँको दसौँ दिन आज विजयादशमी, पञ्चाङ्ग समितिका अनुसार टीकाको साइत ११:२९ मा

८ कार्तिक २०६९, बुधबार ०६:३३ मा प्रकाशित

काठमाडौँ, ७ कात्तिक । नेपालीहरुको महान चाड बडा दसैँको दसौँ दिन आज आफ्ना मान्यजनबाट टीका थापेर जमरा लगाई हर्षोल्लासका साथ नेपालीहरु विजयादशमी मनाउदै छन् । विजयादशमीको दसौँ दिन आज बिहान १०:३५ बजे देवी विसर्जन र बिहान ११:२९ बजे टीका ग्रहणका लागि लागि शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार टीका ग्रहणको साइत बिहान ११:२९ सुभारम्भ भएपनि देवी विसर्जनपछि दिनभरि नै शुभसाइत रहेको छ । संसार भरका नेपालीहरु विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गर्ने परम्परा अर्हेको छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा विजयादशमी मनाइदै आएको छ । घटस्थापना दिन रोपिएको जमरा नौ दिनसम्म दसैँघरमा दुर्गाभवानीको पूजाआराधना गरी टीका सहित आजको दिन लगाउने प्रचलन छ । पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्णघडाको जलले अभिषेक गरी नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा आफ्ना मान्यजन हात बाट ग्रहण गरिने गरिन्छ । विजयादशमीको दसौँ दिन आज परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर