शान्ति र संविधानका विवादित विषयमा सहमति खोज्न तीन दलको शिर्ष बैठक बस्दै

८ चैत्र २०६८, बुधबार ०९:१६ मा प्रकाशित

काठमाडौ, ८ चैत । शान्ति प्रक्रिया र संविधान निर्माणमा देखिएको विवादबारे सहमति जुटाउन आज मुख्य तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । संविधान निर्माणका विभिन्न विवादित बुँदाहरूमा छलफल गर्न आज दिउँसो एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेको बैठक बस्न लागेको हो । केही दिनदेखि दलहरूबीच नियमित छलफल हुन नसकिरहेको बेला मुख्य दलहरूले दुई तीन दिनभित्रै बाँकी विषयमा सहमति जुटाउने बताएका छन् । आजको बैठकमा लडाकु समायोजनमा देखिएको विवाद, संविधानसभाको बैठकलगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन ्। लडाकु समायोजनमा दलहरुबीच मतभेद देखिए पछि संविधानको अरू विवादित बुँदाहरूमा पनि सहमति जुट्न सकेको छैन । कार्यव्यवस्था परामर्श समितिले यही चैत १० गतेभित्र बाँकी विवादित विषयमा सहमति गरिसक्नुपर्ने कार्यतालिका बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता