“भोलिको शुभ~यात्रा बिजया दशमी तिमीलाई” -ज्ञानेन्द्र गुरुङ

८ कार्तिक २०६९, बुधबार ०३:१२ मा प्रकाशित

धनि मनीको महल र
शहरको चहल पहलमा मात्र
ब्यस्त बनौला दशैँ..
गाउँ बस्तीको झुपडी सम्म गई हेर;
गरीब जीवनीको फराकिलो मनहरुले,
तिम्रो आतिथ्यको स्वागत कक्षहरु,
गोबर, कमेरोले लिप पोत गरि पर्खीरहेका हुनेछन।
जालोले घेरेका ध्वाँसे दुलोबाट..
धमिराले छेंदेका माल्सीरीका बाँकी पानाहरु खोजि,
चलेको रित बुझाउन आजै देखि..
घाँई~घुँई भाकाले नवरात्री बोलाउदै गरेका हुनेछन।

 
तिमी तडक भडकमा कसैको पनि दशा नबनी,
हर घर आँगन, दलानीमा समान रुपले…
उपस्थिति जनाउदै सम्मान अर्पण गर्नु पुग्नु पर्छ दशैँ..
केहि छिनलाई गरिव मन हरुको दुर~दशा
पिर मर्का अलि पर धकेलेर…
हरेक प्रत्येकको मुहारमा तिमीले,
उमङ्ग र हर्षोल्लास छाईदिनु पर्छ दशैँ..
एक सरो थाङनाले ओतेको
कंकाल बेर्ने मांशपेशीका दिवारले
बर्ष भरिका कैयन झरी, बतास..
तर्काउदै पाखुरी बजारेर
बाँचेका हैरानी अनुहारबाट
थकान दुर गर्न पुग्नु पर्छ दशैँ…,
साच्चिकै तिम्रो जरुरि
महशुस गरेका हुन्छन
कुना कन्दराका गरिव बस्तीले
पाखा पखेराका बासिन्दाले,
किनकी…
गडिएको थाप्ला बाट केहि बेरलाई..
हातिबारको नाम्लो उतारेका छन ढाक्रे दाईले,
हलो कोदालो बिसाएका छन
किसान बुवा आमाले…
हिलो मैलो धोई पखाली बस्ति
चिटिक्क परेका छन पौरखी हातहरुले
बनि बुतो गरि अनाज जमाएका छन
भोका मजबुर पेटहरुले…
केवल तिमी आउछौ भनेर दशैँ..
अनि पर्खिरहेका हुनेछन तिमीलाई नै
त्यसैले आज…
जानेहरु दशैँ मनाउन गए भन्दा रहेछन,
आउनेहरु पनि दशैँ मनाउन आएँ भन्दा रहेछन,
भेट्नेहरु दशैमा भेट्यौ भन्दा रहेछन..
यस्तै रहेछ याँहाको चलन…
मान्छेको जिन्दगानी,
कर्कलाको पानी,
दैवको लिला र खेल..
आज कि भोली..
खैर…
सम्झौनी ब्रिसौनी…
तिम्रो सामिप्य बाट टाढा रहँदै..
अर्को दशैँ सम्मको लागि…
लेखकको कलम बिदा माग्दछ आजलाई
नेपाल र नेपाली सकलको भलो गरेर फिर्नु दशैँ..
भोलिको शुभ~यात्रा बिजया दशमी तिमीलाई//

ज्ञानेन्द्र गुरुङ
ओखलढुंगा

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति