नाफकाको दशैं सांगीतिक साँझमा झुमे क्यालिफोर्नियाका नेपालीहरु

८ कार्तिक २०६९, बुधबार ००:०९ मा प्रकाशित

बाशुदेव ढकाल, क्यालिफोर्निया । अक्टोबर २१, २०१२ को साँझ क्यालिफोर्नियाको डेविस स्तिथ भेटरन्स मेमोरियल हलमा ( Nepalis and friends cultural Association) नाफकाले दशैं तिहार,म्ह पूजा तथा छैट पर्वलाई बरिस्ट लोक गायक तथा महाबाणिज्यदूत प्रेम राजा महतको प्रमुख अतिथ्य र नेपाली गीत संगीतका चीर परिचित बरिस्ट संगीतकार मदन दीप बिमको उपस्तिथिमा बिबिध सांस्कृतिक कार्यक्रमका साथ मनाउने काम सम्पन्न गरेको छ।
महाबाणिज्यदूत प्रेम राजा महत र वेल्स फार्गो ब्यांकलाई नाफ्काका पेट्रोन तथा बरिस्ट समाजसेवी दुर्गा दहालले सम्मान तथा अभिनन्दन पत्र प्रदान गर्नु भयो भने बे एरियाका अनलाईन मिडिया हाम्रोसमाज.नेट का संचालक तथा प्रधान सम्पादक ध्रुव थापा, जनपुकार डट कमका संचालक धनन्जय नरशिंह केसी र मदर ल्याण्ड नेपाल युट्युब च्यानलका संचालक अनिल पाण्डेलाई नियमित समाचार सम्प्रेषण गरेर नेपाली समुदायको गतिविधिलाई प्रचार प्रसार गरेबापात नाफ्काका सल्लाहकार तथा बरिस्ट समाजसेवी गजेन्द्र अधिकारीले संस्थाको तर्फबाट अभिनन्दन पत्र प्रदान गर्नु भयो ।
उक्त कार्यक्रममा नाफ्काका अध्यक्ष गीतकार तथा कवि बासु ढकालले सबैलाई स्वागत तथा अभिनन्दन गर्ने क्रममा हामी नेपाली बिश्वको जुनै कुनामा रहेपनि आफ्नो नेपाली भाषा साहित्य र संस्कृतिलाई बचाई राख्नु पर्ने र नेपालको बिबिध सांस्कृतिक पर्वलाई फुटेर होइन जुटेर यहाँ पनि संरक्षण गर्नु पर्ने र यसको लागि कसैले यहाँ बिभाजनको राजनीति नगर्न समेत आग्रह गर्नु भयो।
रोज श्रेष्ठ द्वारा संचालित कार्यक्रममा स्वागत मन्तब्य डा.नबिन तिमिल्सिनाले राख्नु भएको थियो भने दशैँको महत्वको बारेमा डा. गंगा देवले बिस्तृत ब्याख्या गर्नु भएको थियो । कार्यक्रमको पहिलो चरणमा सुदिप बानिया र सन्दिप बानियाले नेपालको राष्ट्रिय गान गाएका थिए। कार्यक्रममा नेपाली संस्कृति झल्कने बिबिध नृत्य तथा गीतहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा सबैको आकर्षणको केन्द्र बिन्दु रहेका बरिस्ट लोक गायक तथा महाबाणिज्यदूत प्रेम राजा महतज्यूले दर्शकलाई आफ्नो मनमोहक तथा सुपर-हिट गीतद्वारा सबैलाई भरपूर मनोरंजन दिएका थिए ।

सम्भवत पहिलो पल्ट उत्तरी क्यालिफोर्नियामा बरिस्ट संगीतकार तथा गायक श्री मदन दीप बिमले महाबाणिज्यदूत अनुरोधमा एउटा गीत प्रस्तुत गर्नु भएको थियो जसलाई दर्शकले धेरै रुचाएका थिए । त्यसै गरि गीत प्रस्तुत गर्नेहरुमा अमुल शेरचन, नीता थोरसन, रत्ना बराईली, पूजा शर्मा, कलस अमात्य लगायतका स्थानीय कलाकारुले आफ्नो गीत प्रस्तुत गरेका थिए, भने सबिना ढकाल, आश्था श्रेष्ठ, शान्ति तामांग, मिली अधिकारी,जूली अधिकारी,नेहा खड्का, गङ्गा रिमाल,खुस्मा खरेल, रुष्मा खरेल, आकृति महर्जन, बेल्ला शर्मा अनिषा ढकाल, अनुष्का शर्मा, आयुष श्रेष्ठ लगायतका स्थानीय कलाकारहरुले रोचक नृत्य प्रस्तुत गरेका थिए. साथै कबि सौरव पोखरेल,कबि तथा गीतकार बासु ढकाल र रोजिता शर्माले गजल तथा कबिताहरु प्रस्तुत गरेका थिए। कार्यक्रमलाई सफल बनाउन नाफकाका प्रतिनिधिहरु,लगायत डा.जीत बराल, खेम बराल, चित्र श्रेष्ठ, श्याम महर्जन,रायन रेज,बबिन दहाल,सबल अधिकारी खुस्बु अधिकारी रोज श्रेष्ठ, संजय देव, हरिहर नेपाल लगायत थुप्रै स्वयम सेवकहरुको प्रमुख भूमिका रहेको थियो । समय समयमा बिभिन्न कार्यक्रमहरुका नेपाली परिकारहरु प्रदान गरी यति रेस्टुरेन्ट, नमस्ते नेपाल रेस्टुरेन्ट ,टप हिमालय रेस्टुरेन्ट र काठमान्डु किचेनले नाफ्कालाई सहयोग गर्दै आएकोमा नाफकाले उक्त सहयोगी भावनाको कदर तथा सह्राना गरेको थियो। कार्यक्रममा सेक्रामेन्टो लगायत बे एरियाका नेपाली समुदायका प्रतिनिधिका साथै अन्य थुप्रै स्थानीय व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।