संबिधानसभा पुर्नस्थापना पद लोलुपहरुको श्याल हुंईया, निकास ताजा जनादेश: एमाले नेता ओली

७ कार्तिक २०६९, मंगलवार २३:५९ मा प्रकाशित

पुरुषोत्तम ढकाल, अमेरिका, ८ कार्तिक । एमाले बरिष्ठ नेता केपी ओलीले संबिधानसभा पुर्नस्थापना माओबादीको सत्ता लम्ब्याउने षड्यन्त्र र पद लोलुपहरुको श्याल हुंईया भएकोले यस्तो भ्रममा नफस्न प्रमुख राजनीतिक दलका नेताहरुलाई आग्रह गर्नु भएको छ ।
करिब दुई साता लामो अमेरिका भ्रमणमा रहनु भएका एमाले बरिष्ठ नेता ओलीले निर्बाचित संसद मार्फत संबिधान सभाको समेत काम गर्ने गरि ताजा जनादेशमा जानुको विकल्प नरहेकोले राजनीतिक दलहरुलाई सहमतिको राष्ट्रिय सरकार निर्माण गरि निर्बाचनको तयारी गर्न समेत आग्रह गर्नु भएको हो ।

एन २४ समाचार सेवासंग बिशेष कुरा गर्दै एमाले बरिष्ठ नेता ओलीले भन्नु भयो, ‘समय, संख्या, सहभगिता र प्रतिनिधित्वको हिसाबले विघटित संबिधानसभामा सबै अटाएका थिए तर संबिधान बन्न सकेन अब फेरी विघटित संबिधान सभा पुनर्स्थापनामा लाग्नु भनेको मुलुकको बर्बादी चाहनु हो, माओबादीलाई सत्ता सुम्पनु हो र उसको षड्यन्त्रमा देशलाई होम्नु हो ।’
ओलीले जोड दिदै भन्नु भयो, ‘अनुसार विघटित संबिधानसभाको आकार र समिकरणले गर्दा संबिधान बन्न सकेन त्यस कारण पुन: त्यही संबिधानसभाको पुनर्स्थापना भनेर देशलाई गुमराहमा राख्नु हुदैन ।’

उहाँले भन्नु भयो, ‘संबिधान सभाको बिघटन गरेर घोषणा गरेको तिथिमा निर्बाचन गर्न नसक्ने नालायकले सत्तामा टासिएर राष्ट्रय राजनीति अवरुद्ध पार्ने, भ्रष्टाचार र मनपरी तन्त्रलाई बढावा दिने काम गरेका छन् । अझै दल भित्रका लोभी पापीहरु माओबादीको चालमा संबिधानसभाको पुनर्स्थापना भनिरहेका छन् ।’

ओलीले स्पष्ट सब्दमा भन्नु भयो, ‘निर्बाचित संसद मार्फत संबिधान सभाको समेत काम गर्ने गरि ताजा जनादेश जानु बाहेक मुलुकको राजनीतिक संकट निकाश र समाधानको अर्को कुनै विकल्प र बाटो छैन । उहाँले कुराकानिका क्रममा अगाडी भन्नु भयो, ‘प्रधानमन्त्रि बाबुराम भट्टराईले अबिलम्ब राजिनामा दिएर राष्ट्रिय सहमितको सरकार बनाउने मार्ग प्रशस्त नगरे उनलाई आन्दोलनको आधिबेहेरिले गलाहत्याउछ त्यति बेला उनको नाउँमा बचे खुचेको भ्रम पनि समाप्त हुन्छ ।’

गैर आवाशीय नेपालीहरुको माग दोहोरो नागरिकता बारे नेता ओलीले भन्नु भयो, ‘एक पटकको नेपाली सधैको नेपाली हो, दोहोरो नागरिकता भन्ने होइन पहिलो पुस्ताको नेपाली जहाँ रहे पनि सधैको नेपाली नागरिक हुन् ।’ प्रवाशी नेपालीहरुलाई भ्रममा नपर्न आग्रह गर्दै उहाँले बिदेशमा राजनीतिक गतिविधिमा सहभागी नेपालीका हकमा भने नेपालको राजनीतिक अधिकार निलम्बन हुने तर नागरिकता भने कायम रहने बताउनु भयो । नेता ओलीले गैर आवाशीय नेपालीहरुको लगानीको अधिकार र सुरक्षा प्रत्याभूत गरि सकिएको बताउदै बिदेशमै जन्मिएका नेपालीका सन्तानलाई समेत नेपाली नागरिकता दिईने जानकारी दिनु भयो ।

अमेरिका बसाइकै क्रममा अचानक बिरामी पर्नु भएका नेता ओली स्वास्थ्य उपचारको क्रममा पांच दिन न्युयोर्क स्थित अस्पताल भर्ना हुनु भएको थियो । आगामी शनिबार स्वदेश फर्कने तयारीमा रहनु भएका नेता ओलीले यो साता न्युयोर्कमा बसोबास गर्ने नेपाली मुलका अमेरिकनहरू संग भेट घाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्

आजको प्रमुख समाचार