काँग्रेसलाई प्रधानमन्त्री दिने सहमति भएको छैनः ड्यास माओवादी उपाध्यक्ष गजुरेल

७ कार्तिक २०६९, मंगलवार २१:४५ मा प्रकाशित

काठमाडौँ, ७ कात्तिक । ड्यास माओवादीका उपाध्यक्ष सिपी गजुरेलले नयाँ बन्ने राष्ट्रिय सहमतिको सरकारको नेतृत्व काँग्रेसलाई दिने सहमति नभएको बताएका छन् । बडादसैंका अवसरमा आज त्रिभुवनपार्कमा आयोजित वनभोज कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष गजुरेलले वर्तमान सरकार ढल्नुपर्छ भन्नेमा आफूहरू सहमत भए पनि नयाँ सरकार काँग्रेसको नेतृत्वमा बन्नुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी सहमत नरहेको जानकारी दिए । गजुरेलले भने, ‘नयाँ सरकारको नेतृत्व आफ्नो पार्टीले गर्न पाउनुपर्ने र त्यस्तो अवस्थामा पार्टीका तर्फबाट महासचिव रामबहादुर थापालाई अघि सारिने छ ।’
कार्यक्रममा पार्टीका अध्यक्ष मोहन वैद्यलगायत नेतासहित अधिकांश केन्द्रीय नेताको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार