समाजसेवी श्याम कार्कीद्वारा पलान्चोक भगवतीको मुर्ती बाल्टिमोरमा प्रतिस्थापना

७ कार्तिक २०६९, मंगलवार १९:५६ मा प्रकाशित

बाल्टिमोर, अमेरिका । अमेरिकाको बाल्टिमोरमा नेपालको पलान्चोक-भगवतीको दर्शन गर्न पाईने भएको छ । बिगत ३७ बर्ष देखि अमेरिकामा बसोबास गरेका डा. श्याम कार्कीले बाल्टिमोर स्थित आफ्नै घरमा भगवती, गौतम बुद्ध र अन्य मुर्तीहरू नेपाल देखि नै ल्याएर मन्दिर स्थापना गरेका हुन् । नेपालमा मुर्तीहरू किन्दा र भन्सार तिरेर मुर्तीहरू अमेरिका ल्याई पुर्याऊँदा करिब ३५ लाख जती खर्च भएको कुरा डा. श्याम कार्कीले डिसीनेपाल डटकमलाई बताऊनुभयो । बिजया दशमी (नव दुर्गा) को अवसरमा फूलपातीको दिन भगवतीको दर्शन गर्न डा. श्याम कार्कीको निजी मन्दिरमा गत: आईतबार भर्जिनिया, म्यारिल्याण्ड, वाशिंगटन डि.सी, न्युयोर्क, बोस्टन देखि नेपालीहरू आएका थिए। करिब ३०० मान्छे अट्ने बिशाल शभा-हल भएको डा. श्याम कार्की निवासमा बसन्त भगवती-दर्शन गर्न “बाना” का अध्यक्ष बिजय श्रेष्ठ, एन.आर.एनकी बिष्णुमाया परियार (बोस्टन), अमेरिका-नेपाल सोशाईटी, वाशिंगटन डि.सीका निबर्तमान अध्यक्ष खेम भट्टचन लगायत नेपाली संघ/संस्थाका पदाधिकारीहरू, नेपाली पत्रकारहरू, नेपालका राष्ट्रिय-स्तरका कलाकारहरू, अमेरिकी बिश्वोबिद्यालयमा प्राध्यापनरत नेपाली प्रोफेसरहरू र अमेरिकामा रहेका नेपाली-काँग्रेस, राप्रपा, एमाले र माओबादी-कार्यकर्ताहरू समेत
करिब डेढसय नेपालीहरूले भगवतीको दर्शन गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ