दशैँ: नफर्किने ती दिनहरू . . . . .डा. गोविन्दराज भट्टराई

७ कार्तिक २०६९, मंगलवार ०६:११ मा प्रकाशित

आज यो जीवनभरिका दशैँहरू सम्म्झिल्याउँदा बाल्यावस्थाका दशैँहरू अत्यन्तै उज्याला, सुककला र झिलिमिली भएर यो मनमा नाँच्तछन्। लेखन भन्नु नै बाल्यवस्थाका सम्झनालाई मनको आँगनमा फिजाउँनु हो रहेछ। ती फिँजाउँदा कस्तो लाग्छ भने ती दिनमा दशैँ अत्यन्तै लामो प्रतीक्षा भएर आउँथ्यो, हर्षैहर्ष भएर आउँथ्यो। सम्पूर्ण शरीर मनमा उमड्गको बाढीजस्तो भएर आउँथ्यो। आज त्यस्तो हुँदैन। थामीनसक्नु हर्ष बोकेर आउने दशैँहरू मेरो निम्ती नेपालको पूर्वी पहाडमा आए । ती दशैँहरू पाँचथरको च्यांगथापूदेझख ताप्लेजुङ्को सदरमुकामसम्म फिजाएर आएँ । दशैँ व्यक्तिगत रूपले हुनुभन्दा पहिले दुइ तीन महिना अघिदेखि पलाउन थाल्थ्यो।

बालीनालीमा त्यो उत्रन्थ्यो, वनस्पतीहरूमा त्यो देखिन्थ्यो, खोलानालामा त्यो देखिन्थ्यो, धर्ती र आकास ढाकेर त्यो आउँथ्यो र बिस्तारसंग नयाँनयाँ गोरेटा बाटाहरू टेकेर त्यसको गाउँमा प्रवेश हुन्थ्यो। भावनाहरू दशैँमय भएपछि त्यसले ल्याउने सारा विधानहरू, कमहरू, क्रियाकलापहरू सबै कुराले दशैँको रूप लिएपछि सम्पूर्ण धर्ती, आकास ढाकेर मात्रै त्यो गाउँमा ओर्लन्थ्यो, घर्घरमा उत्रिन्थ्यो। आज त्यस्तो छैन।

सांस्कृतिक रूपले हेर्दा आज अनेक परिवर्तनहरु आएका छन्, अनेक आडम्बरहरू भरिएका छन्। उस बेलाको दशैँ विशुद्द र सङ्लो हुन्थ्यो हाम्रो पहाड लिम्बूवान् भएको हुँदा लिम्बूहरूको आदि संस्कृति धर्तीमा अवतरित भएपछि मात्रै दशैँ आएझैँ लाग्थ्यो । अरू जातजाती पनि थिए– क्षत्री, बाहुन, कामी, दमाई, सार्की, राई आदि। यी सबैको लागि दशैँ एउटै हर्षको कोसेली बोकेर आएजस्तो लाग्थ्यो । तर, जातीय विभेद चर्को भएकोले प्रत्येकको दशैँ आ–आफ्नै अर्थका सीमा कोरेर आउँछ जस्तो लाग्थ्यो। खसी, बोका देख्ता, चिउरा, चामल देख्ता, क्षेत्री–बाहुन गाउँको सम्झना आउँथ्यो; चिल्लाचिल्ला हनाहा राँगा, कुखुराका रातासिँउरे भाले र कोदाका धोक्रा देख्ता मतवाली गाउँको।

त्यसबेलाको पहाडी जीवन दर्दान्त कष्ट, दुःख र अभावले भरिएको थियो। तर, कसैलाई त्यो कष्टको आभास थिएन, अभाव र दुःखको पनि थिएन। स्वाभिमानले भरिएको जाति आफैं सन्तुष्ट थियो जस्तो लाग्दछ किनभने दशैँको अभ्यर्थना सबैले त्यसैगरी गर्थे, प्रार्थना गर्थे, प्रतीक्षा गथे। प्रत्येकपल्ट दशैँ आए पनि त्यो बखतमा एकपल्ट होइन, जीवनमै एकपल्ट आउने सतवार्षिकी उत्सव जस्तो लाग्थ्यो । आज प्रत्येक वर्ष आउने दशैँ विभाजनको, विसांस्कृतीकरणको, अन्धानुकरणको, आडम्बरको र पीडाको प्रतीक जस्तो भएर आएझैँ लाग्छ। आज ऊ दिन जस्तो छैन भदौ लागेपछि नास्पातीका दानाहरू बोटमा पहेंलै हुन्थे, अरिंगालले टोकेर तिनमा टोड्काटोड्की हुन्थे। तर तिनमा मह भरिएको हुन्थ्यो । बारीहरूमा कोदाका कपना देख्ता कसैले अनेकौं गह्रौं मुड्कीहरू आकासतघर उठाए जस्तो लाग्थ्यो। धान डोलाउन थालेको हुन्थ्यो, तिनीहरूका पातमा शीत झपक्क हुन्थ्यो। घाम निकैमाथी नचढञ्जेल शीतले हिँडीसक्नु हुदैनथ्यो। ज्यामघर सुन्तलामा रस पस्न थालेको हुन्थ्यो। लप्सीका गेडा अमिलिन थाल्थे। अम्बा पाकेर रनबन पहेँलपुर हुन्थ्यो।

खोला गडतघरमा अर्चल पाकेर राताम्ये हुन्थ्यो। खोल्सीको पानी सङ्लिन थाल्थ्यो, खरबारी पक्कै हुन्थ्यो। काँक्रा, फसी, नघरौंला, इस्कुस, चुच्चे करेला सबै तरकारी बारीभरि हुन्थे, छानाभरि हुन्थे। आँगनका डिलतघर थाङ्ग्रामा मकै हुन्थे । यसबेला अब दशैँ अवतरित हुने बेला भएझैँ लाग्थ्यो मनमनै। किनभने हाम्रा बा, काका, मामा, लिम्बू दाजु र सबै गाउँले मिलेर त्यसबेला डाँडापारी लागेका हुन्थे, अथवा धरान झरेका हुन्थे। कसैसंग घिउका टिन हुन्थे, कसैसंग अदवुका, कसैसंग बेसारका, कसैसंग खोर्सानीका, चघराइताका, मजिटाका ढाकरहरू हुन्थे। ती ढाकरहरू दशैँ बोलाउने दतहरूझैं लाग्थे।

छेउछेउमा एकएकवटा लालटेन झुण्ड्याएर, पुटुस्स हुने गरी कसिएका ढाकरमा सामान भरेर, खकन भिरेर, तोक्मा टेक्तै उनीहरू हिँडेको देख्ता कहिल्यै नदेखेको एउटा बजारको कल्पना हुन्थ्यो। त्यो बजार आफ्नै आँखाले देख्न पाए कस्तो हुन्थ्यो होलाजस्तो लाग्थ्यो।

लोग्नेमान्छेहरू डाँडापारी लागेपछि आइमाईहरू भेला हुन्थे। डोकानाम्ला बोकेर उनीहरू रातोमाटो खन्न, कमेरो खन्न निस्कन्थे। ससाना फुलुड्डे डोकाहरू भघरेर हामी पनि आमासितै जान्थ्यौं कहिलेकाहीं। कमेरो, कमेरो माटो बगघरहने पैरेनीतघर हुन्थ्यो भने रातोमाटो कान्लाभित्र कतै टोड्को पारेर खन्नु पर्थ्यो रातोमाटो कमेरो ल्याएपछि घरको ध्वाँसो झार्नु, लिपपोत गर्न, बर्षभरि उक्किएको पिढी टालटुल गर्नुजस्ता कार्यमा उनीहरू लाग्दथे । घरका सबै परिवार मिलेर घरको माथ्लो भागमा कमेरो छ्यापिन्थ्यो, बाबियोका कुचोले। गाराको आधीदेखि तल्लो भागमा रातोमाटो पोतिन्थ्यो, कपडाले। घरको अग्रभागमा झ्याल ढोका निर कालो रङ पनि लगाइन्थ्यो। राई लिम्बूका घरका सभत्तामा राम्राराम्रा फूलका बुट्टा र अन्य कलात्मक आकार हुन्थे। आफूले थचनेका सलम्बुनी छोरी बुहारीहरू ठूलाठूला ढुङ्ग्री र झम्के बुलाकी हल्लाउँदै घरका सभत्तानतर कति गोलाकार, कति चतुष्कोण आकृतिहरू एउटा केश जित्रो धर्को पनि फरक नपने गरी रचना गर्थे। आज सम्झिन्छु ती कलात्मक ज्यामितीय आकृतिहरूमा हजारौं वर्षको संस्कृति सदै आएझैँ लाग्छ।

आज मिथिला आर्ट हेर्दा पनि ती कलात्मक आकृतिको सम्झना हुन्छ। घरमा यसरी रातोमाटो कमेरो पोनतसकेपछि अब दशैँ उत्रियो भनेजस्तो लाग्थ्यो हामीलाई। आज त्यो देख्न पाइदैन। घर सलपपोत सकेपछि सारा महिलाहरू रमाइलो दिन पारेर धारामा, कुवामा, खोल्सामा, खोलामा भेला हुन्थे अनि ठूलाठूला भाँडामा खरानी साबुनपानीमा उमालेर वर्षभरीका सारा लुगा धुन्थे, सुकाउँथे, पाखै झिलिमिली देखिन्थ्यो। यो दशैँको अर्को तयारी हुन्थ्यो। त्यसबेलासम्ममा माथि बरडाँडामा लिङ्गे पिङ थापिसकेको हुन्थ्यो। टाट्नाहरूमा ठूलाठूला खसी घाँस खाइरहेका हुन्थे, उघ्राइरहेका हुन्थे।

डाँडापारिबाट गाउँलेहरू १०-१५ दिनमा फर्कन्थे। तिनीहरूका ढाकर तोक्मा र कुम्लामा चढेर गाउँभरी दशैँ आउँथ्यो। त्यहाँ दुइ सेर चिनी हुन्थ्यो, एक बदल मट्टितेल, एक रूवपयाँको जिरा, चारपाँच पाथी नुन र संसारभरिका सस्ता तर बलिया कपडाका थानहरू, गजगजका टुक्राहरू। दशैँको सबैभन्दा ठूलो सन्देश हाम्रो लागि दमाईं हुन्थ्यो। एक दिनको बाटो टाढादेखि भएपनि घरघमा दमाईं बोलाईन्थ्यो।

बालीका दमाईंहरू गाउँमा घरेपछि हाम्रो लागि साँच्चै दशैँ ओर्लेको हुन्थ्यो। अहिले सम्झिन्छु, बोराजस्तै खस्रा कपडा हुन्थे तर कपडा छेक्न दर्जीले यो शरीरमा कपडाको फित्ता घुमाउँदा, अंगारले ती कपडामा चिनो लगाउँदा यो शरीर रोमाञ्चित हुन्थ्यो। यो मन हर्षले उम्लन्थ्यो। फाइबर वा खद्दरका हाँस उठ्ता कपडाका दौरा सुरुवाल, ठुटे अथवा इस्टकोट सिलाउँदा रातभरि मिसिसन चलिरहन्थ्यो। राडीमाथि सिकुवामा बसेर खीटिटि ।।। खीटीटी।।। खीटीटी।।।

त्यो मिसिन चल्दा हामी त्यसको आवाजप्रति मुग्ध हुन्थ्यौं। हामी अपलक एवं निर्निमेषा भएर त्यो हेरिरहन्थ्यौँ। माडसरीका थान कपडाबाट कस्तो कस्तो विचित्रको बास्ना आउँथ्यो। कपडाहरू नाकैमा लगेर सुँघ्थ्यौ। हामीलाई त्यो डाँडापारिको बासना जस्तो लाग्थ्यो, ठूलो बजारको सुगन्ध जस्तो लाग्थ्यो। आज पेन्टिएम फोर कम्प्युटरमा इन्टरनेट जोडेर हेर्दा यो मनमा कुनै हर्ष छैन किनभने त्यो काईंला दमाईंको कल आधुनिकयन्त्र युगको ठूलो रहस्य हुन्थ्यो। बत्तीको छेउमा निहुरेर हेर्दाहेर्दा हाम्रा आँखीभौ नै कतिपल्ट झिल्सिन्थे, कहिलेकहीं टोपीको घेरोबाट धुवाँ आएपछि थाहा हुन्थ्यो। तर हामी लठ्ठ भएर त्यहीं घप्टन्थ्यौं। मेरो दौरामा गोजी हाल्छ कि हाल्दैन भन्ने ठूलो पीर हुन्थ्यो।

हाम्रो मनमा ती गोजीभरी चिउरा खाँदेर फाँको मार्दै कुध्ने अथवा टिको लगाएका पैसा छिन्द्रिङ्ग छिन्द्रिङ्ग बजाउँदै उफ्रिने ठूलो अभिलाषा हुन्थ्यो। काईंलो दमाईप्रतिको हाम्रो प्रेम अपार हुन्थ्यो। एक दशैँमा कपडा सिउँदासिउँदै गोली धागो सिद्यो र हाम्रा कपडा अधुरै रहे। त्यो वर्ष दशैँ नआएको पीडा सम्झिदा आज पनि मन अंध्यारै लाग्छ। दमिनी पनि भित्तामा ढल्केर तुनु लाउँथी। कति क्षेत्री बाहुनको घरमा दमाईंलाई दही, मोही दीँदैनथे हामीलाई मनमनै माया लागेर आउँथ्यो। तर ऊ सन्तुष्ट थियो होलाजस्तो लाग्छ। अहिले सम्झएर ल्याउँदा सयौं वर्षले किचेर ऊ त्यस्तो देझखएको होला। वास्तवमा ऊ मनमनै रोइरहेको हुनुपर्छ। मङ्सिरमा पाथीले भरेर अन्न लान्थ्यो। आज त्यस्तो छैन।

नौरथा लाग्ने बेला भएपछि गाउँभरि उर्दी हुन्थ्यो। सबै गाउँले कोदालो, खुर्पा, हँसिया लिएर निस्कन्थे। आफ्नाआफ्ना गाउँका बाटाका झाडी फाँडिन्थे, खोलातिर फड्के हालिन्थे, खोल्सीमा मूँढा तेछ्र्याइन्थे, प्रत्येकका घरघर जाने बाटाहरू खुर्केर त्यसैत्यसै हिँडिरहौं जस्ता चिल्ला हुन्थे। कान्लामाथि लालपातीहरू फुलेर लरक्कै हुन्थे, छेउछेउनतर सयपित्री र मखमली कोपिलामा हुन्थे। आँगनको पिँढी छेउतिर गोदावरीका झ्याम्टा हुन्थे। सकीनसकी हामी पनि बाटो सफा गर्न कस्सिन्थ्यौं र बेलुकीपख एउटा नयाँ संसार देखिएझैं लाग्थ्यो, हामी पल्लो गाउँसम्म, तल्लो गाउँसम्म सास रोकेर दगुर्थ्यौ। त्यसरी कान्ला र भित्तातिर, वनस्पती र वृक्ष तिर पनि दशैँ उत्रेझैँ लाग्थ्यो । आज त्यस्तो छैन।

पारितिर हेर्दा पनि बाटाका सफा धर्काहरू, गोरेटाहरूले एक गाउँबाट अको गाउँ जोडेको प्रष्ट देखिन्थ्यो। छरी काटेर चौतारातिर बिसाएका राई, लिम्बू युवकहरूजस्तै, सुन्दर। अनि लिम्बू गाउँदेखि नगरा बज्न थाल्थे। माथिमाथि नितुम्बूदेखि दिनभरी बजिरहने नगराहरू च्यांगथापूभरी सुनिन्थ्यो। सुरुको दिनमा ड्याम्ड्याम् बन्दकुहरू पनि पड्किन्थे। त्यसबेला चराहरू तर्सेर आकासको माथिमाथिसम्म उड्दथे। झोसुवा बन्दकु को धुवाँ पनि आकाससन्थ्यो। मानिसले ठूलो आवाजले दशैँ बोलाएको जस्तो लाग्थ्यो। ती सफा बाटा र गोरेटातिर हेर्दा मान्छेहरू कताकति चिल्लाचिल्ला खसीहरू डोहोर्‍याउँदै हुन्थे, भालेहरूले खुँगी भरेर खोलो तार्दै हुन्थे। तलतल खोलाकिनारतिर काँस फुलेर सेताम्मे देखिन्थ्यो। ईवाँसमवाँको पानी सङ्लेको हुन्थ्यो, काबेली नीलोहरियो देखिन्थ्यो। हामी कुधेर बरपीपल चौतारी पुग्थ्यौं। त्यहाँ खागी रङका मिल्टेरी बस्त्र र बिर्के टोपी लगाएका भर्तिवालेहरू देख्दा मन आनन्दले उचालिन्थ्यो। उनीहरूका छेउमा ठूल्ठूला बेडिड्ग गुन्टा र टिनका बाक्सा बोक्ने भरियाहरू पसिना पुछ्तै हुन्थे। लाहुरबाट दशैँमा घर फकेका ती भतीवालेहरूले ती बाक्साभरर कोसेली ल्याएको होला जस्तो लाग्थ्यो। तिनीहरूका पछिपछि निकै परसम्म कुद्न पाउँदा एक प्रकारको आनि्द लाग्थ्यो। तिनीहरूबाट बेग्लै बजारको वासना आउँथ्यो।

अब लोग्ने मान्छेहरू केराका घरीहरू बोकेर गाउँगाउँ दहँड्थे। कतिले घरमा लगेर ती घरीलाई धुसुरेका पात हालेर राडीले छोपछाप पार्थे। गाउँभरि ढिकी नबजेको घर हुँदैनथ्यो। चिउरा कुट्नेहरू ढिकीभरि हुन्थे। कोही भुट्ने, कोही कुट्ने, कोही घान लाउने। कसैका चिउरा लट्टा पर्थे, कसैका धान भिज्दैनथे, कसैका राम्रा हुन्थे। हामी ढिकी वरिपरि ढुकेर बस्थ्यौं, हुरुक्क भएर थुक निल्दै चिउरा भुट्न सिघाउँथ्यौं अथवा कुट्न तर देउतालाई नचढाएसम्म उछिट्टएको गेडो पनि मुखमा हाल्नु हुँदैनथ्यो त्यो समय अत्यन्तै कष्टकर हुन्थ्यो।

यस्तो कष्टकर घडीमा एकदिन मेरो तल्लाघरे छिमेकी र म उनीहरूको भण्डडारमा पस्यौं। त्यहाँ थुन्सेभरी भुससरीका चिउरा थिए। ससानो आँखीझ्यालको टोड्को खोलेर भानुले भुससरीका एकफाँको लट्टा मुखमा हालेको मात्रै थियो उसका दुइटी फुपू आएर एउटीले उसको कान उखेलिन अर्कीले चिउरा भुट्ने कप्टेराले मर्नेगरी हानिन्। भाने त्यहीं थला पर्‍यो र म त्यो टोड्काबाट निस्केर एकबिहानको बाटो भागें। त्यो दिन दिनभरी मेरा खुट्टा कामिरहे। साँझपख घर फर्किएँ। त्यस्ता रोमाञ्चक एडभेन्चरहरू अब कहिल्यै आउन सक्तैनन्। आज तयारी चिउरा जताततै पाइन्छ तर चिउरा खाने रहरै छैन।

म माथिमाथि लेकतिरका क्षेत्रीहरू सम्झिन्छु। नौरथा लाग्ने बेलामा बोराभरि मकै अथवा आलु बोकेर उनीहरू औलको बाहुनगाउँ झर्थे । हाम्रा खोल्याङ्नतर भर्खर तौलीधान पाक्दै हुन्थ्यो। राम्ररी पाकी पनि नसकेको धान दिनभरी आफैं काटिदिन्थे, झार्थे, माड्थे अनि कोही बाह्र माना, कोही दुइ पाथी, कोही तीन पाथी धान मकै वा आलुसंग साटेर लान्थे। बाह्र माना धान लगेर कतिको चिउरा कुट्नु, कतिको चामलकुटेर अछेता लगाउनु ? तिनीहरूले कहल्यै धानको भात खान पाउँदैनथे । त्यो नेपाली जीवनले भोगेको अभाव र कष्टको क्षण सम्झेर ल्याउँदा आज पनि मेरो बोली रोककन खोज्छ। खोल्सापारीका साकीहरू, डाँडागाउँका कामीहरू त्यतिकै दुःखी र भयावह जीवन काटिरहेका अत्यन्तै उपेक्षित प्राणी थिए। आँगनको पल्लाछेउको ढुङ्गामा मसलन अनुहारसंग ती बसेका हुन्थे याचनाको दृष्टिले एक टपरी दशैँको भाग उठाएर तल्लाघर लाग्थे। तर पनि सदियौंको सम्बन्धले होला त्यो प्रकिया उसबेला सही होलाजस्तो लाग्थ्यो। आज त्यो भयावह स्थितिमा भने अलि सुधार आएको होलाजस्तो लाग्छ। थाहा छैन, पहाड नपुगेको कति वर्ष भयो।

सबै हातहतियार कामीको आरनमै लगेर उध्याएपछि घरमा ल्याएर पूजा हुन्थ्यो। गुरु पुरेतहरू देवीथानतिर अथवा गाउँतिर चण्डीपाठमा झरेका हुन्थे। मन्दिरहरूको पनि सफाइ हुन्थ्यो, पाटीपौवाको पनि । यसरी सबै वगष जातजातिले आ-आफ्नो कार्यषक्षेत्र अनुसार एकडेढ महिनादेखी लागिपरेर मात्रै गाउँमा दशैँ अवतररत हुन्थ्यो । उसबेला क्यालेन्डर हेरेर होइन प्रकृति र मानवको अन्तर सम्बन्धले दशैँ आएको थाहा हुन्थ्यो। आज त्यस्तो छैन। आज नागर सभ्यताले छाएको ठाउँमा दशैँ नै छैन भन्दा पनि हुन्छ। सबै कुरा रेडिमेड हुन्छ।

परदेशी, जागिरे, कर्मचारी, विद्यार्थी विभिन्न अवस्थामा रहेको ठूलो जनसंख्याले दुइ दिन अनि दुइ दिन पछि मात्रै छुट्टी पाउँछ। दशैँ केवल एउटा कष्टकर र बिजुलीजस्तो क्षणिक झिल्का भई आउँछ, थाहा नपाई जान्छ। आज उसबेला जस्तो छैन।

उसबेला सिड्गो परिवेश नै दशैँमय हुन्थ्यो- वनस्पती, प्राणी, प्रकृति र मानवजगत। राई, लिम्बूहरूको दशैँ एक महिना रहन्छ भन्थे। तल मूल सडकमा गएर हेर्थ्यौ- बर पीपलका फेदमा ठूलाठूला ढाकर बिसाइएका हुन्थे। कुनै ढाकरमा सिड्डा सुँगुर ताछतुछ पारी सुन्दर पारेर ठड्याइएका हुन्थे, कुनैमा भालेहरू, कुनैमा बंदेल, कुनैमा तोङ्वाहरू, कुनैमा ससाना चोंचे पनि हुन्थे। ती ढाकरका छेउमा लालपातीका थुँगा सिउरेका हुन्थे, बाबरी फूलका मुन्टा सिउरेका हुन्थे। उनीहरू क्षेत्री बाहुनभन्दा अलि भिन्न लाग्थे।

कसैले जुल्फी कोरेको, कसैले टोपी ढल्काएको, शिरमा बुट्टे टोपी, गलामा हरियो र रातो मफलर, कसैकसैका भर्तीवाले बुट, हातमा लठ्ठी, रक्सीले गर्दा मादक आँखा निधाउन आँटेका जस्ता ती ढाकरको पछिपछि हिँडेको देख्ता कस्तो रहस्यमय आनन्द र भय लाग्थ्यो। त्यसबेला पञ्चमी बजारमा धान नाचिरहेका कथवा बाटातिर हिँड्दा खोलाछेउमा, पाटीमुनि, धारा कुवाछेउमा जाँड पिइरहेका राई लिम्बूहरू देख्ता यो मुटु पड्केला जस्तो हुन्थ्यो। डरले हामी सास थुनेर पाखैपाखा बत्तिन्थ्यौँ। त्यसबेला लिम्बू गाउँको बाटो हिँड्दा सुँगुरको पाठोले छुने हो कि, यो ब्राहृमणको जातै समाप्त हुने हो कि भनेर जित्रो डरलाग्थ्यो त्यत्रो डर आजसम्म मलाई केहीको पनि लागेको सम्झना छैन। एक हातले जनै समातेर देवीदेउता पुकार्दै उडेर घर पुग्थ्यौ। तर यी सब कुरामा हार्मोनी थियो, एक लय थियो, जीवन समाजमा सङ्गतिपूर्ण र सुमधुर सम्बन्धमा आधारित थियो जस्तो लाग्छ।

त्यो डरमा पनि, ती अन्धविश्वासहरूमा पनि आपसी सद्भाव र प्रेम अवश्य थियो। त्यो आज छैन। आज पनि मेरा छिमेकी एकजना लिम्बू काका नै छन् तर यो दशैँ चुच्चा नाके हरूको मात्रै हो भनेर उनीहरू के ही वर्ष यता अर्कै उपाय गर्दैछन् पहेंला वा सेता अछेता लाउँछन् वा टीकै लाउँदैनन्। त्यो देख्ता आफ्नै घरको पुरानो निदाल चर्केजस्तो लाग्दछ। आजैमात्रै पूर्वाञ्चलका ती जिल्लाहरू मदिरा निषेधितक्षेत्र बनाउने घोषणा प्रकाशमा आयो। यो सुन्दा हजारौं वर्षको सुन्दर सांस्कृतिक फूलवारी ओइलन थालेझैं लाग्दछ।

गाउँका सारालाई दही-च्युरा, मासु-भातले दशैँ नबिर्सिनसक्नु पार्थ्यो। निधारमा टीका लगाएर, कानमा जमरा सिउरेपछि त्यसैत्यसै यो शरीर उचालिएर आउँथ्यो। इतिहास पढ्छु, कोलम्बस जस्तै, भास्को- डि-गामाजस्तै अज्ञात मुलुकतिर कताकता उडौं जस्तो हुन्थ्यो- मावल, काका बडाबाको घर, मितबाकोतिर अन्य आफन्तकातिर दरू देश कतै हिँडौँ हीँडौँ जस्तो हुन्थ्यो, ती छड्डै उघ्रेका शरदहरूमा ।

त्यसबेला तीनचार दिनलाई पुग्ने घाँस काटेर थुपारिन्थ्यो । गोठका बस्तुभाउ र टाट्नाका बाख्रालाई घाँसपानी दिने जिम्मा कुनै छिमेकीलाई अर्हाए पुग्थ्यो। एउटा कोक्रामा भाइ अथवा बहिनी हालेर त्यसको एक छेउमा अलिकति कपडा र लिटो राखेर आमा अघि अघि कुम्लामा एक पेरुङ्गो कुराउनी, केराका काईंया र चिउरा बोकेर बा पछिपछि- सबभन्दा ठूलो हर्षप्रद यही क्षणको प्रतीक्षामा हुन्थ्यौं हामी कैयौं महिनादेखि । हामी माइत-ससुराल-मावल यसरी एक हुल भएर लाग्थ्यौं। बाको दौराको फेरफेर समात्दै, आमाको गुन्युको फेर समात्दै अथवा बेलाबेला सबैलाई उनछन्दै हामी सबै छोराछोरी उमड्गले थामीनसक्नु झैं हिँडिरहेका हुन्थ्यौं। भोक, तीर्खा, प्यास, थकान केहीले हुँदैनथ्यो। काबेली साघुँको वारीपट्टी बसेर अलिकति कुराउनी चिउरा खाएर फेरी हिँड्थ्यौँ।

पुल तर्दा तल हरियो, नीलो पानी देखिन्थ्यो। आकासमा बादल देखिँदै हराउँदै गर्थ्यो, कानमा जमरा सिउरेकाहरू बाटाभरी भेटिन्थे। ढाकरभरी कोसेली बोकेकाहरू सबै नयाँ लुगामा दोहोरीलत्ता हुन्थे। साँझ घमक्क परन्जेल पनि हाम्रो मावल आउँदैनथ्यो। गलेर र थाकेर नाड्डा पैताला पोलेर भुतुक्कै भुइमैं लडौंजस्तो हुन्थ्यो किनभने बाका गोडामा मात्रै जुत्ता हुन्थे तर हामी एउटा अज्ञात आकर्षणले तानिएझैं हुन्थ्यौं, घस्रेर पनि हिँडिरहेका हुन्थ्यौं, हिँडिरहेका हुन्थ्यौं ।

तीनचार दिनपछि मावलबाट घर फर्किंदा गोजीमा चानचुने पैसा बज्थे। टीका लाईदिनासाथ कतिबेला पैसा हात पर्ला भनी हामी पल्याकपुलक गथ्यौं । तामाका, पित्तलका, गिल्टीका चानचुने पैसाहरू, अझ छिँडे पैसाहरू सर्वाधिक प्रियवस्तु लाग्थे। बाटामा हिँड्दा उफ्रेजसो गरेर पनि हामी पैसा बजाउन चाहन्थ्यौं, त्यसबाट आदि उत्पन्न गर्न चाहन्थ्यौं। त्यसैले एक आपसका पैसा गन्ती गर्ने ठूलो रहर हुन्थ्यो। कहिलेकाहीं भुराभुरीलाई नचल्ने ढ्याके पैसा दिन्थे, ती खोप्पी खेल्न मात्रै काम लाग्थे। कति छींडे पैसा दिन्थे, ती तुनुमा उनेर उकिंदा बजाउन मात्रै काम लाग्थे। कतिले हामीलाई हेपेर जग्गेमा डढेका चारानी पनि दिन्थे तर त्यस्ता पाउँदा हामी खुसी नै हुन्थ्यौं। दिनभरी खोला बगरमा घोटेर पनि ती टल्काउँथ्यौं, चल्ने पाथ्यौं। बाटामा पूर्ने बजार आए पनि, सन्सरे बजार आएपनि पञ्चमी बजार आए पनि राता मिठाइ किनी खानुहुन्थ्यो जस्तो लाग्थ्यो। ती चानचुने पैसाले हाम्रो बाल्यजीवनमा कैयौं महिनाको लागि ऊर्जा प्रदान गर्थ्यो। यसैका शक्तिले हामी सञ्चालित हुन्थ्यौं। दशैँको पैसा जोगाएर चैतको रामनवमी बजारसम्म पुर्‍याउने कामनामा हुन्थ्यौं तर महिनादिन भित्र खोप्पीले लगिसक्थ्यो, अथवा यस्तै के के भएर एउटा पीडादायी सम्झना मात्रै बाँकी रहन्थ्यो। घर फर्कदा गाईबस्तु अलि टाक्सिएर पनि सञ्चै हुन्थे। ढोकामा भोटे ताला लागेकै हुन्थ्यो ।

केही सामान चोरिदैनथ्यो। गाउँभरि यसैगरी पालो गर्दै अरूलाई गाईबस्तु सुम्पेर हिँडिरहेका हुन्थे सबै। बाटोमा यस्तैको लस्कर हुन्थ्यो। बाटाबाटामा पिङ हुन्थे। कति यात्रीहरू वा गाउँलेहरू त्यहाँ मच्चिएर लिङ्गो कटाउन खोज्थे। कसैले गाउँमा जुवातास खेलेको, कौडी हानेको सम्झना छैन। यो धेरै पुरानो कुरा होइन २०१८-२०२३ सालसम्मको हो। पूर्वी पहाडको शिर अशिक्षा र अन्धकारले व्याप्त थियो। मान्छेको जीवन अभावको पर्यायवाची थियो। हजारौं वर्षदेखि चलेको परम्परागत समाज थियो। धेरै त्यहाँ हेपिएका, थिचिएकाहरू थुप्रै थिए। यो सामन्ती समाजको अवशेष थियो। तर, पनि समाजमा एउटा सुसड्गति वा हार्मोनी थियो। त्यो भत्केला भन्ने मानिसलाई पीर थियो। त्यसैले ती दशैँहरू पनि सुव्यवस्थित, परम्परित, निर्मल र निश्छल पर्वहरू थिए। तर आज त्यस्तो छैन।

आज बहुलताले छाएको छ। समाज विविधीकरणको सँघारमा छ। धेरै कुराहरू फुक्लने घममा छन्। सहरहरूमा आधुनिकता छ र बिघ्नै आडम्बर पनि। गाउँहरू पनि सकिनसकी सहरको नक्कल गर्न खोज्छन्। माथिकाहरू आडम्बर प्रदर्शनमा छन् र तलकाहरू त्यो सिक्ने तालिममा छन्-लाउनमा, खानमा, पिउनमा, पर्वहरू मनाउनमा यद्यपि आधुनिकीकरणले ल्याएका यी उपलब्ध हुन् यी विकृति पनि हुन्।

अहिले दशैँको परिवेश उत्पन्न गराउने समाजका अनेक वर्ग स्वयम् विशृङ्खल देझखन्छन्, मानिसहरूको पेसा बदलियो, व्यवसाय बदलियो। त्यसैले खाद्यान्न र लाउने परिधानहरू पनि बेग्लै भए। टाट्नामा खसी छैनन्, खोरमा भाले छैनन्, थाममा पाकेको केराको घरी छैन, दर्जीहरू अब चादहँदैनन्, रेडिमेड आएको छ, ढिकीहरू बज्दैनन् मिल भित्रिएका छन्- प्रायः हरेक ठाउँमा बाटो छ, सञ्चार छ, व्यापारीकरण छ, अन्तराष्ट्रियकरण छ यसले गर्दा हाम्रो आफ्नो मौलिक पहिचान समाप्त हुँदै गएको छ। अतीतका दिनहरू समाजका लागि सुखद थिए भन्ने होइन तर मेरो लागि दशैँ जत्रो आकार, परिवेश र रूप लिएर पर्वकोरूपमा अवतरित हुन्थ्यो आज त्यो एक अंश पनि छैन। यो केवल औपचारिकतामा अल्झेको छ। एकदेश टाढा भएको कर्मचारीलाई जम्मा चार दिन छुट्टी हुन्छ, उसका लागि दशैँ केवल पीडा झैं आउँछ। एकदेश भएका विद्यार्थीहरू परदेशबाट रुखिएर घर पुग्छन् तर खर्च, परीक्षा, पढाइ, असफलता, जागिर र बिहेजस्ता अनेक टेन्सनले च्यापिएर उनीहरूको मनमा दशैँ उत्रिनै पाउँदैन। आज लाखौं नेपाली परदेशमा छन्- कुनै मरुभूसममा पिल्सिरहेका, कुनै हिमराशी छेउ कठाङ्ग्रिरहेका कुनै युरोप अमेरिकाका अनेक शहरमा। घर परिवार सम्झेर रोइरहेका तिनीहरूलाई सम्झदा कहाँ दशैँ आउँछ र हाम्रो मात्रै मनमा ।

आज हजारौं नेपालीहरू रतुवा-माई-बिरंगिको बगरमा रोएर कहर काटिरहेका छन्, अनागरिक भएर। तिनीहरूले बर्षौदेखि भोगेको अभाव र पीडा सम्झदा कहाँ दशैँ आउँछ र हाम्रो मात्रै मनमा ? विगत केही वर्षयता देशमा पशुको बलीझैं मानव-बली चलिरहेको छ। सारा दशैँहरू आँसुमा डुबे, शोकमा डुबे, १३ दिनमा, ४५ दिनमा, बर्षान्तमा। हजारौंले भय र त्रासका पलपल गनेर बिताए, हजारौंले ईश्वर पुकारेर, केवल रोएर। कोही न्यायका लागि लड्दैछ कि अन्यायका लागि कसैलाई त्यसको स्पष्टीकरण र व्याख्या आवश्यक छैन। तर प्रकृतिको भनौं कि ईश्वरको सृष्टिलाई मानिसले नै ध्वंश गरिरहेको दृश्य हेर्दै, सुन्दै, भोग्दै यो देशमा धेरैले आँसुको दहमा सुत्नु परेको छ, रगतको खोलोमा पौडनु परेको छ। यो वर्षको पनि दशैँको मुखैमा शान्तिबार्ता टुड्डियो र युद्द सुरु भयो । साराको हृदय डराएको छ, कामेको छ, रोएको छ। यस्तोबेला कहाँ आउँछ र दशैँ डगडगी कामेर बाँच्नेहरूका मनमा ! डगडगी कामेर मृत्यु पर्खिरहेकाको मनमा ! उसबेला जस्तो होइन, आजका ससाना बालबालिकाको मनमा पनि अनन्त भय, घोर निराशा र मृत्युको चित्र उत्रिन्छ। कहाँ आउँछ र तिनीहरूको मनमा पनि उसबेलाको जस्तो निर्मल दशैँ !

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको