हेल्प नेपाललाई कोरियाबाट थप १४ लाख कोरियन वन सहयोग

७ कार्तिक २०६९, मंगलवार ०५:४३ मा प्रकाशित

गिरिनाथ त्रीपाठी, दक्षिण कोरिया, ७ कार्तिक । हेल्प नेपाल नेटवर्क, कोरिया शाखाले दक्षिण कोरियाको प्रमुख चाड छुसकमा संकलन गरेको रकम मध्ये १४ लाख कोरियन वन नेपालस्थित हेल्प नेपाल नेटवर्कलाई प्रदान गरेको छ । हेल्प नेपाल नेटवर्क,दक्षिण कोरिया शाखाका प्रमुख संयोजक रघु त्रिपाठी र सदस्य पुष्पराज लामिछानेले सो रकम हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष रविन्द्र मिश्रलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो । छुसकमा आयोजित विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा हेल्प नेपालले स्टल राखेर सहयोग रकम संकलन गरेको थियो । त्यसरी रकम संकलन गर्दा झन्डै १९ लाख कोरियन वन जम्मा भएको र बाँकी रकम पनि निकट भविष्यमा पठाउँदै जाने जानकारी कोरिया शाखाका संरक्षक रुद्र शर्माले दिनुभयो ।

नेपालका लागि नेपालीहरुले गरौं भन्ने अभियानका साथ विदेशमा रहेका नेपालीहरुबाट सहयोग रकम संकलन गरी नेपालमा सय भन्दा बढी बिद्यालय, पुस्तकालय, स्थास्थ्य चौकी निर्माण गरेको हेल्प नेपाल नेटवर्कको दक्षिण कोरिया शाखा सबैभन्दा नयाँ शाखा हो । हालसम्म दक्षिण कोरिया शाखाले चितवनको चेपाङ समुदायका लागि रु.८० हजार, आरपि देवकोटाको सक्रियतामा सिराहा जिल्लाका अग्निपिडितका लागि रु.५६ हजार र हेल्प नेपालको रु.१० करोडको परोपकारी अक्षय कोष स्थापनाका लागि झन्डै रु.११ लाख रकम नेपाल पठाइसकेको छ ।

पछिल्लो समय हेल्प नेपाल नेटवर्क, कोरिया शाखाले कोरियामा रहेका नेपालीहरुसँग सहयोग रकम संकलन गर्ने उदेश्यले हेल्प नेपाल नेटवर्कको सदस्यता वितरण गर्दै आएको छ । सदस्यता वितरण गर्नुको उदेश्यमाथि प्रकाश पार्दै संरक्षक रुद्र शर्मा भन्नुहुन्छ, “जसरी भए पनि हाम्रो उदेश्य नेपालमा गरिब, असहाय र दिनदुखीहरुका लागि बढी भन्दा बढी सहयोग रकम संकलन गरी उनीहरुको मुहारमा खुशी ल्याउने एउटा माध्यम बन्नु हो । त्यसका लागि हामी विश्वासिलो माध्यम बनेर पारदर्शी ढङ्गले काम गर्नको लागि यो सदस्यता रसिद वितरण गरिरहेका छौं ।” त्यो सदस्यता रसिदलाई सहयोग रसिद भनी बुझ्दा अझ राम्रो हुने संरक्षक शर्मा बताउनुहुन्छ ।

हालसम्म कोरिया सहित विभिन्न १४ वटा देशहरुमा शाखा रहेको नेपालीहरुकै सबैभन्दा ठूलो परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको परोपकारी अभियानमा कोरियाबाट हालसम्म ४०० भन्दा बढी नेपालीहरुले सहभागीता जनाएको र अझ बढी भन्दा बढी नेपालीहरुलाई सहभागी गराउन सकिएमा नेपालमा अझ धेरै परोपकारी कामहरु गर्न सकिने कोरिया शाखाका प्रमुख संयोजक रघु त्रिपाठी बताउनुहुन्छ । दक्षिण कोरियामा हेल्प नेपाल नेटवर्कको अभियान रघु त्रिपाठीको सक्रियतामा शुरु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार