अमेरिकाको बाल्टिमोर शहरमा “दशैं पार्टी” भव्यताका साथ सम्पन्न

७ कार्तिक २०६९, मंगलवार ०३:२७ मा प्रकाशित

बाल्टिमोर, अमेरिका । नेपालमा युगौं देखी दबाईएका र पछाडी पारिएका समुदायको मुक्तीको लागी अमेरिका देखी आवाज ऊठाऊने संस्था नेपाली-अमेरिकन सोशाईटी फर अप्प्रेस्ड कम्युनिटी (नासो) ले अमेरिकाको बाल्टिमोर शहरमा आयोजना गरेको “दशैं पार्टी” भव्यताका साथ सम्पन्न भएको छ।

नेपाली दुतावास, वाशिंगटन डि. सी. का ऊप-नियोग प्रमुख श्री अर्जुन कान्त मैनाली कार्यक्रमको प्रमुख अतिथी हुनुहुन्थ्यो। पार्टी शुरू हुनु अघि आयोजित औपचारिक कार्यक्रममा, ऊप-नियोग प्रमुख श्री अर्जुन कान्त मैनालीले दुर्गा भवानीको फोटोमा “नव-दुर्गा पुजा” गरेर कार्यक्रमको उद्घाटन गर्नुभयो। नासोका सचिब राज सेन्चुरीले कार्यक्रम-शुरुवात गर्नुभएको उद्घाटन-समारोहमा संस्थाका ऊपाध्यक्ष गोपाल सेन्चुरीले स्वागत-भाषण गर्नुभएको थियो।

नासोका अध्यक्ष श्री दिपकजंग बिश्वोकर्माले कार्यक्रममा ऊपस्थित भइदिएकोमा सहभागी सबैलाई
आयोजक संस्थाको तर्फबाट धन्यवाद दिँदै – नेपाली संघ, संस्थाका प्रतिनिधीहरूलाई बिजया दशमी-२०६९ को शुभकामना आदान-प्रदान गर्ने मौका प्रदान गर्नुभयो। नेपालमा दलित महिलाहरूको मुक्तीको लागी लागीपरेको (NGO) “ईम्पावोर दलित ऊमन फर नेपाल” का संस्थापक बिष्णु माया परियारलाई बिजय दशमीको शुभकामना-मन्तब्य दिन आयोजकहरूले निम्त्याएका थिए।

आयोजकहरूको निम्तोमा दुईहजार किलोमीटर टाढा बोस्टन देखि लामो यात्रा गरेर आऊनुभएकी
महिला नेत्री बिष्णु माया परियारले कार्यक्रममा बिजय दशमीको शुभकामना-मन्तब्य दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार