दक्षिण कोरियामा दशैं रमझम कार्यक्रम सम्पन्न

७ कार्तिक २०६९, मंगलवार ०३:२४ मा प्रकाशित

निर्मल महर्जन, दक्षिण कोरिया । मिति २०१२ अक्टुबर २१ तारिक दोंग्देमूनको लुम्बिनी रेस्टुरेन्टमा नेवाः पुचः दक्षिण कोरियाको दशैं रमझम कार्यक्रम सफलताका साथ सम्पन्न भयो। नेवाः पुचः का अध्यक्ष तथा गुरुज्यु श्री नबिन बज्राचार्यज्युले दशैं रमझम कार्यक्रममा सहभागी सम्पूर्ण नेपालीहरुलाई शुभ आशिष सहित मोहनी (ध्वाँसो) को टिका, रातो अक्षताको टिका लगाई दिएर दक्षिणा, फलफूल तथा जमरा दिएका थिए।

तत्पश्चात विभिन्न मनोरन्जनात्मक सांगीतिक कार्यक्रमका साथ दशैं रमझम कार्यक्रम सम्पन्न भएको थियो। स्मरणीय छ कोरियाको ग्येओंग्जु सिटिमा २०१२ अक्टुबर १७ तारिक देखि १९ तारिक सम्म सम्पन्न भएको “२०१२ वर्ल्ड ग्रीन एनर्जी फोरम” मा नेपालको प्रतिनिधित्त्व गरी सो कार्यक्रममा भाग लिन आउनु भएका बिज्ञान तथा बातावरण प्रविधिमन्त्रि माननीय श्री डा. केशब रत्न शाक्यज्युलाई नेवाः पुचः का अध्यक्ष गुरुज्यु नबिन बज्राचार्य, सल्लाहकार श्री पुरु जोशी तथा सचिब श्री निर्मल महर्जन ज्युले सउलको गिम्पो एरपोर्टमा स्वागत गरेका थिए।

साथै नेपालको राजदूतावासमा नेवाः पुचः दक्षिण कोरियाका प्रतिनिधिज्युहरु तथा उहाँ बीच आपसी हितका बिषयमा सरसल्लाह भयो। उहाँ २१ तारिक २ बजे कोसेपको योंघुंग स्थित पावर प्लान्टको भ्रमण गरेर दिउँसो नेपाल फर्कनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले