स्विट्जरल्याण्डको जेनेभामा दशैं कार्यक्रम सम्पन्न

७ कार्तिक २०६९, मंगलवार ०३:२१ मा प्रकाशित

बिजय शर्मा दर्पण, स्विट्जरल्याण्ड । संसारभर छरिएर रहेका नेपालीहरू यतिबेला धुमधाम संग दशैं मनाउदै छन्। दशैं नेपाली सांस्कृतिक, मौलिक र राष्ट्रिय पर्बका रुपमा रहि आएकाले अधिकांस नेपालीहरूले यस पर्बलाई ठुलो महत्वका रुपमा लिने गरेका छन्। बास्तबमै दशै एक आपसमा हार्दिकता र निकटता बढाउने तथा बिगतका सबै तीताहरूलाई पन्छाएर पुनस् आत्मिय सम्बन्ध स्थापित गर्दै अघि बढ्न सबैलाई प्रेरित गर्ने पर्ब पनि हो। यस पर्बको अबसरमा नेपाल भित्रका बिभिन्न राजनैतिक दल, संघ संस्थाहरू र बिभिन्न नेपाली समुदायहरूले तथा नेपाल बाहिर समेत प्रवासी नेपालीहरू माझ उनीहरुको हक हित र सेवाका लागि कार्यरत बिभिन्न संगठन, संघ संस्था तथा नेपाली समुदायहरूले समेत आपसी भेटघाट, चियापान, शुभकामना आदान प्रदान लगायतका साँस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने गरेका हुनाले पनि यो पर्बको महत्वलाई अझ प्रष्ट्याएको छ।

बडा दशैंकै अबसरमा स्विट्जरल्याण्डको जेनेभामा नेपाली राजदुताबासको आयोजनामा गरिएको दशैं कार्यक्रम आइतबार स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न भएको छ। “बडा दशैं २०६९ को भेटघाट तथा शुभकामना आदान प्रदान सहितको कार्यक्रममा यहाँ कार्यरत प्रवासी नेपालीहरूको ठुलो उपस्थितिका बिच अती नै रोचक, मनमोहक र भब्य रुपमा सम्पन्न गरेको छ।

पहिलो चरणमा बदाम र चिसो पेय पदार्थ राखिएको थियो भने दोस्रो चरणमा खसीको मासु, पुलाउ, आलु काउली, केराउको अचार लगायतका स्वादिष्ट नेपाली परिकारहरू पस्कीइएको उक्त कार्यक्रमको बिच भागमा छोटो शुभकामना आदान प्रदानको औपचारिक कार्यक्रम पनि राखिएको थियो। शुभकामना राख्ने क्रममा स्विट्जरल्याण्डका लागि नेपाली राजदुत संकर बैरागीले माया गरि कार्यक्रममा सरिक हुनु भएका प्रवासी नेपालीहरू, कार्यक्रमलाई अती नै हर्सोल्लासका साथ सम्पन्न गर्न भूमिका निभाउनु भएका ब्यक्तित्वहरू तथा दुताबासको निमन्त्रणालाई स्वीकार गरि कार्यक्रममा उपस्थित हुनु भएका सम्पुर्ण अतिथिहरुमा दुताबासको तर्फ बाट धन्यबाद ज्ञापन गर्दै सबै नेपालीका भावी दिनहरू शुखमय रहुन र बिध्यमान सबैखाले समस्या र चुनौतीबाट निकास पाउदै राष्ट्र साँच्चैको नवयुगमा प्रवेश गर्न सफल होस् भन्दै बडा दशैको शुभकामना सन्देश ब्यक्त गर्नु भएको थियो। त्यस्तै एन आर एन अध्यक्ष बिनय श्रेष्ठ, बिस्व साइकल यात्री सौरभ दाहालका साथै यहाँ स्थित नेपाली संघ संस्थाका उच्च ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो।

कार्यक्रमलाई रोचक बनाउनको लागि चर्चित पप गायक धिरज राईले आफ्नो गीतमा सम्पूर्ण नेपालीहरुलाई स्टेजमा नचाउन सफल हुनु भएको थियो भने प्रबाशमा नै रहनु भएका नेपाली युवा मोति लाल केसी (क्रिस केसी) ले पोइला जान पाम र बेनीको बजार ले कार्यक्रम ला। झन् मनोरन्जनात्मक बनाएका थिए। साथमा निता कपुर, गौरी, सर्मिला मगर, दिपेन्द्र राहतले आफ्नो नृत्य देखाउनु भएको थियो। उक्त कार्यक्रममा स्विट्जरल्याण्डबाट संचालित वेब साईट मेरोजिल्ला डट कम का प्रमुख सम्पादक बिजय शर्मा दर्पण क्यामेरा मेन रोसन गिरि साथमा स्विसनेपाल डट कम, नेपाल स्विस डट कमका पदाधिकारीहरुको पनि उपस्थित रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं।भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

आजको प्रमुख समाचार