घुमघाम र धुमधामको दशैं

६ कार्तिक २०६९, सोमबार २०:२८ मा प्रकाशित

काठमाडौं । दशैंले छपक्कै छोपेसँगै सिने कलाकारहरु कोही आफ्नो थातथाले फर्किसके भने कोही विदेश यात्रामा निस्किएका छन् । नायक राजेश हमाल एक महिने दशैं तिहार कार्यक्रम लिएर अमेरिका पुग्दा नायिका रेजिना उप्रेती युरोप यात्रामा निस्किन् ।

हमालले अमेरिकामै बस्ने सारंगा श्रेष्ठसहित अन्य कलाकारसँग मिलेर त्यहाँका नेपालीलाई मनोरञ्जन दिने छन् । रेजिनाले भने लण्डनमै बस्ने ब्वाईप|mेन्डसँग दशैं मनाउँदै आफ्नो सिनेमाको प्रचारप्रसार राम्रै गर्ने सुर कसेकी छिन् ।

नायिका बिनिता बराल घटस्थापाना लाग्नसाथै गृह जिल्ला चितवन पुगिसकेकी छिन् । स्थानीय सांगीतिक कार्यक्रममा नाचेर जिल्लाबासीलाई रमाइलो पार्ने योजना बुनेकी छिन् । साथै भजन, कृतनमा समेत सामेल हुने उनले बताइन् । ‘म एकदमै धार्मिक मान्छे,’ उनले भनिन् । लंगुरबुजा खेल्ने भूत समेत चढेको छ, बिनितालाई यसपाली ।

निर्देशक तथा नायक आकाश अधिकारी फुलपाती अघि नै आफ्नै थातथलो नवलपरासी पुगिसकेका छन् । ‘यसपाली लामै विश्राम लिएर घर आएको छु,’ उनले भने । लमजुङ लगायतका केही जिल्ला घुम्ने योजना समेत छ, आकाशको ।

नायक दयाहाङ राईले भने दशैं पर्व उत्साहसाथ नमनाएको धेरै भयो । यसपाली पनि उनले दशैं योजना बनाएका छैनन् । दशैंमा गृह जिल्ला भोजपुर नटेकेको पनि निकै वर्ष बितिसकेको छ, उनले । ‘खासै दशैं भनेर यसोउसो गर्ने योजना छैन,’ भर्खरै बाउ बनेका उनले भने, ‘छोरो खेलाएरै बिताउनुपर्ला ।’

नायिका सुमिना घिमिरे कात्तिक ४ गते गृहनगर सुर्खेत जाँदैछिन्, वृद्धा हजुरआमको हातको टिका र आशीर्वाद थाप्न । बाल्यकालमा पिङ् मच्चाएको सम्झना मात्रै हुनेछ, उनलाई । किनभने अहिले त्यसो गर्न एकदमै डर लाग्छ रे । ‘स्टार’ सिनेमाको छायांकनले उनको दशैं यात्रा केही पर धकेलिएको हो ।
नायिका नन्दिता केसी भने जन्मथलो अर्घाखाँची हानिएकी छिन् । अधिकांश कलाकारले बाल्यकालमा दशैंको मज्जा अलग र अविस्मरणीय भएको बताए । आशा गरौं उनीहरुले बाल्यकालजत्तिकै दशैंको आनन्द लिउन्, यो वर्ष ।

Filmnepal

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

काठमाडौं । बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा । बलिउडमा एकपछि अर्को फिल्म मार्फत दर्शकको मनमा स्थान

काठमाडौं । डान्सिङ रियालिटी शो ‘सुपर डान्सर’को च्याप्टर ४ को उपाधि फ्लोरिना गोगोइले जितेकी छन् । उनले अन्तिम ५ मा

काठमाडौं । मिस युनिभर्स नेपाल-२०२१ को उपाधिका लागि टप १८ सेमिफाइनलिस्ट तय भएका छन् । ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले आयोजना