तिहार पछि राष्ट्रिय सहमतिको सरकार: एमाले सचिव पौडेल

६ कार्तिक २०६९, सोमबार २०:२२ मा प्रकाशित

रुपन्देही, ६ कार्तिक । नेकपा एमालेका सचिव एवं पूर्व जलश्रोत मन्त्री विष्णु पौडेलले सकै दशै लगत्तै नभए तिहार पछि भएपनि राष्ट्रिय सहमतिको सरकार निर्माण हुने बताउनुभएको छ ।  वर्तमान सरकारले अब कुनैपनि नयां काम गर्न नसक्ने बताउंदै उहांले मंसिर ७ गते गर्ने भनिएको संविधान सभाको निर्वाचन पनि हुन नसक्ने बताउनुभयो ।  बुटवलको उजिरसिंह माविद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा एमाले नेता पौडेलले संविधान सभा व्यूंताउने कुरा एमालेले कल्पना समेत नगरेको उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकारले गर्ने निर्वाचनबाटै संविधान बन्ने ठोकुवा गर्नुभयो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रमेश नेपालको अध्यक्षता एवं शिवलाल गौतमको संचालनमा सम्पन्न भएको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष लिला गिरी, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भोजप्रसाद श्रेष्ठ, विद्यालयका सल्लाहकार विमल बहादुर शाक्य, पूर्व अध्यक्ष महेन्द्र कुमार राजभण्डारी, पूर्व विद्यँर्थी संयोजक ज्योती भण्डारी, समाजसेवी नारायण बहादुर रावल, उद्याँेगी सतिषचन्द्र कसौधन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति