राष्ट्रपति यादवद्वारा शक्तिपीठहरुको दर्शन

६ कार्तिक २०६९, सोमबार १९:४२ मा प्रकाशित

काठमाडौ, ६ कार्तिक । राष्ट्रपति डाक्टर रामवरण यादवले महाअष्टमीको अवसरमा सोमबार राजधानीका विभिन्न शक्तिपीठको दर्शन गर्नुभएको छ । सोमबार बिहानै राष्ट्रपति यादवले नक्साल भगवती, मैतीदेवी, भद्रकाली, शोभाभगवती, संकटालगायत मन्दिरमा पूजाआजा गर्नु भएको थियो । राष्ट्रपति यादव मन्दिर परिसर पुग्दा उहाँलाई नागरिकले स्वागत गरेका थिए । शक्तिपीठहरुमा उहाँले पूजाअर्चना गर्नुका साथै पुजारीबाट प्रसाद ग्रहणसमेत गर्नुभयो । राष्ट्रपति दर्शन गर्ने शक्तिपीठ क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाईएको थियो । राष्ट्रपति यादवले मन्दिरमा पूजाआराधना गरेपछि शोभा भगवती नजिकै रहेको शहीद गंगालाल र दशरथ चन्दको शालिकमा पनि श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने

काठमाण्डाैं।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह

काठमाण्डाैं।निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका