बादल ड्यास माओबादीको प्रस्तावित प्रधानमन्त्री

६ कार्तिक २०६९, सोमबार १९:३१ मा प्रकाशित

काठमाडौ, ६ कार्तिक । ड्यास माओवादीका अध्यक्ष मोहन बैद्यले भावी प्रधानमन्त्रीको रुपमा पार्टीका महासचिव रामबहादुर थापा बादलको नाम प्रस्ताव गरेका छन् । उनकै निवास मनमैजुमा भएको साक्षात्कारमा उनले भने, ‘नयाँ सरकारको नेतृत्व गणतन्त्र, संघीयता र राष्ट्रबादी शक्तिले गर्नु पर्ने भन्दै अरु कसैको पनि नेतृत्व हामी मान्दैनौ । हाम्रो पार्टीबाट बादलजीले नेतृत्व गर्नु पर्छ । यो हाम्रो दावी हो । कसैलाई टिको लगाएर दिन सकिदैन । साक्षात्कारमा अध्यक्ष बैद्यले सरकारलाई नै केन्द्रमा राख्दा सम्म सहमति बन्नै नसक्ने ठोकुवा गरे । भट्टराई नेतृत्वको सरकार हट्नै पर्ने भन्दै उनले अहिले दलहरुवीच सरकार परिवर्तन, नेतृत्व र प्रक्रियाको विषयमा दलहरुवीच छलफलको आवश्यकतामा जोड दिए । संविधानसभाको पुनःस्थापना र निर्वाचन दुबै विकल्पमा आफ्नो पार्टी खुल्ला रहेको भन्दै पुनःस्थापना गर्ने भए बनाउने संविधानमा सहमति गर्नु पर्ने र निर्वाचनमा जाने भए सरकार परिवर्तन गर्नु पर्ने उनको प्रस्ताव थियो । आफ्नो गोलमेच सम्मेलनको अडान जोड दिदै आएका उनले यसकोलागी सर्वोच्च अदालत, राष्ट्रपति र दलहरुवीच छलफल हुनु पर्ने नयाँ प्रस्ताव गरे । यद्यपि उनले अहिलेको संविधानसभाले संविधान बनाउन नसक्ने भएकोले अगाडिको बाटो पहिल्याउन मात्र संविधानसभाको पुनःस्थापना उपयूक्त हुने धारणा राखे । सहमति हुन नसके सडकबाट सरकार परिवर्तन गर्नु र संविधान जारी गर्नुको विकल्प नभएको भन्दै काग्रेस र एमालेले सडक आन्दोलन सुरु गरे त्यसमा आफ्नो पार्टीको पनि समर्थन हुने स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी