आज बडादशैको आठौ दिन महाअष्टमी, देशभर बली दिई पूजाआर्चना गरिँद

६ कार्तिक २०६९, सोमबार ०७:४८ मा प्रकाशित

काठमाडौं, ६ कार्तिक । नेपालीहरुको महान चाड बडा दशैको आठौ दिन देशभरीका शक्तिपिठहरुमा बलीसहित पूजाआर्चना गरिँदै छ । आजैको दिन देबीले राक्षसहरुलाई मारेको दिनभएकोले जनावारहरुको बलिदिने चलनको सुरुवात गरिएको हिन्दु धर्मग्रन्थहरुमा लेखिएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दर्शैघर अथवा मण्डपमा वैदिक विधिपूवक नवदुगा भवनाको आवाहन गरी घटस्थापना गरिएको स्थानमा आज महा अष्टमीको पूजाआजा गरिन्छ । आज मध्यरातमा कालरात्रीको पूजा गर्ने चलन छ । मध्यरातको यस पूजाबाट प्रसन्न भई देवीले शुभफल र कल्याण दिन्छिन् भन्ने विश्वास रहेको छ । काठमाण्डु उपत्यका भित्रका दक्षिणकाली, गुहृयृश्वरी,मैतीदेवी कालीकास्थान, नक्सालभगवती, भद्रकाली, रक्तकाली, बज्रयोगीनि, संकटा, लगायतका मन्दिहरुका बलीचढाएर पूजा गरिन्छ । काठमाडौं उपत्यका वाहिरका काभ्रेको पलाञ्चोक भगवती, दोलखाको भिमेश्वर,बाँकेको बागेश्वरी लगातका मन्दिरमा पनि बलीचढाएर पुजा आजा गरिदै छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत