न्युयोर्कमा दशैं-तिहार कार्यक्रम सम्पन्न

६ कार्तिक २०६९, सोमबार ०७:१७ मा प्रकाशित

न्युयोर्क । लङआइल्याण्ड नेपाली समाज न्युयोर्कले यहि अक्टोबर २० तारिखका दिन बडादशैं तथा शुभ दिपावलीको शुभ कामना आदान प्रधान कार्यक्रम हिक्स्वेल लङआइल्याण्ड न्युयोर्कमा सम्पन्न गरेको छ। दुर्गाको फोटो र जमराले सजिएको मञ्चमा पानसमा दीप बालेर सुरुवात गरिएको कार्यक्रममा लङआइल्याण्ड न्युयोर्क बासिहरुको उल्लेख्य उपस्थिति थियो।

कपिल फुयालको सभापतित्योमा सम्पन्न कार्यक्रममा एसियन अमेरिकन एडभाइजरी बोर्डका भुतपुर्ब सभापति जिम योङ्ग, रिजउड नेपाली समाजका भुतपुर्ब उपसभापति कृष्ण पोख्रेलले दशैं तथा शुभ दिपावलीको शुभकामना दिनु भएको थियो।

साथै संस्थाका अध्यक्ष कपिल फुयाल, महासचिब दुर्गेस कार्की र सचिब एकराज गौतमले पनि उपस्थित महानुभाबहरुलाई सुभकामना प्रदान गर्नु भएको थियो। कार्यक्रममा उपस्थितहरुले नाचगान गरि भरपुर मनोरञ्जन लिनु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

आजको प्रमुख समाचार