एओवादीको ढुलमुले नीतिका कारण मुलुक सङ्कटमा: एमाले अध्यक्ष खनाल

६ कार्तिक २०६९, सोमबार ०१:२९ मा प्रकाशित

काठमाडौँ, ५ कात्तिक । एमाले अध्यक्ष झलनाथ खनालले चाडबाडपछि दबाब सिर्जना गर्न आन्दोलनलाई अघि बढाउनुपर्ने बताउनुभएको छ । खनालले मुलुक झन सङ्कटतर्फ बढेको बेला एमाओवादी र उसको नेतृत्वको वर्तमान सरकारले सहमतिको भाषा नबुझेकाले गतिरोधको निकासका लागि चाडबाडपछि आन्दोलनलाई तीब्रता दिइने पनि बताउनुभयो । एमाले वडा नम्बर १५ वडा कमिटीद्वारा आज राजधानीमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष खनालले राष्ट्रिय सहमतिका लागि सडकबाटै दबाब सिर्जना गर्नुपर्ने आवश्यकता देखिएको छ भन्नुभयो । एओवादीको द्वैध र ढुलमुले नीतिका कारण मुलुक झन सङ्कटमा फसेको बताउँदै अध्यक्ष खनालले सहमतिका लागि यो सरकार बाधक रहेको बताउनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरुले आज पनि दसैं हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण

काठमाडौं । नेपालीहरूको महान चाड दसैँ जारी छ । यस वर्ष विजयादशमी २९ असोजमा परेको छ । यसपालिको दसैँमा नेपालका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।