एनआरएन स्पेनको साधारण सभा एवम् दसैँको शुभकामना आदानप्रदान

६ कार्तिक २०६९, सोमबार ०१:२२ मा प्रकाशित

विष्णु रिजाल, स्पेन : एन आर एन स्पेनको पूर्वनिर्धारित कार्यक्रम अनुसार स्पेनको बार्सिलोनामा संघ को साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष अर्जुन प्रसाद काफ्लेको अध्यक्षता र महासचिब श्री बिष्णु रिजाल को संचालन मा सम्पन्न उक्त कार्यक्रम मा स्वागत मन्तब्य उपाध्यक्ष प्रकाश तिमिल्सिना ले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एन आर एन अन्तरास्ट्रिय समन्यन परिषदका सदस्य पुस्पराज तिमिल्सिनाले पानस मा बत्ती बालि सभाको विधिवत उद्घाटन गरिएको सो सभालाई बिशेष अतिथिको रुपमा बेल्जियम बाट पाल्नुभएका आइ सी सी सदस्य अर्जुन कुमार श्रेष्ठ तथा नेपालि काउन्सिलर लुइस बेल्भिस ले सम्बोधन गर्नु भएको थियो ।

अतिथिको रुपमा निबर्तमान आइ सी सी सदस्य रामलाल कंडेल, निवर्तमान एन आर एन स्पेनका अध्यक्ष भिषम कुमार गुरुङ अनिल, जन सम्पर्क समिति स्पेन का अध्यक्ष चिन्तामणि सापकोटा, लोकतान्त्रिक मंच का सचिब श्री शिब कुमार लामिछाने, जन प्रगतिशील मंचका अध्यक्ष महेश्वर कंडेल ,तमु समाज का अध्यक्ष ओमर बहादुर गुरुङ, अन्तरास्ट्रिय कलाकार मंचका अध्यक्ष राजेन्द्र लम्साल, कलाकार संघ स्पेनका अध्यक्ष दिपक सुबेदी, शेर्पा समाज का युरोपियन महासचिब हेम शेर्पा ले साधारण सभा सफलता तथा बिजया दशमी २०६९ को शुभकामना दिदै एन आर एन स्पेन ले गरेका र गर्नु पर्ने कार्यको बिबेचना गर्नु भएको थियो ।

उक्त साधारण सभा सफलताको लागि एन आर एन आइ सी सी प्रिसिडेन्ट जीबा लामिछाने, एन आर एन स्पेनका सस्थापक अध्यक्षय गणेशमान ताल्चाभोदेलको शुभकामना सन्देस पढेर सुनाइएको थियो । उपस्थित सभासद हरुको बिचमा कार्यक्रम संचालक तथा महासचिब ले सस्थाको प्रगति विवरण र कोषाध्यक्ष केदारनाथ ढुंगानाले आर्थिक आय व्यय विवरण पढेर सुनाउनु भएको थियो । सहमति सहकार्य लार्इ त्यहा बोल्ने अधिकतम बक्ताहरुले जोड दिदै एन आर एन स्पेन लाइ अझ ससक्त बनाउन सबैको सहयोग आवश्यक भएको कुरा औल्याउनु भएको थियो ।

उक्त साधारण सभामा गैर आबासीय नेपाली संघ स्पेनको प्रथम प्रकाशन स्वरुप ऐतिहासिक स्मारिका को सबै अतिथि ज्युहरु बाट संयुक्त बिमोचन गरिएको थियो । कार्यक्रममा सभाका अध्यक्ष तथा एन आर एन स्पेन का अध्यक्षले एन आर एन ले गरिरहेका बिबिध पहल बारे चर्चा गर्दै स्पेन बासि नेपालीहरुका कुनै पनि समस्या मा इमान्दारिता का साथ समाधानमा पहल गरिने बचन बद्धता गर्दै औपचारिक साधारण सभाको समापन गर्नु भएको थियो ।

बिजया दशमी तथा दिपावली २०६९ को शुभ अबसरमा आयोजित सास्कृतिक कार्यक्रम लार्इ सुपरिचित नेपाली पप गायक धिरज राइले तताएका थिए । उनका सम्पूर्ण गित हरुमा दर्शकहरु उफ्री उफ्री नाचेको देखिन्थ्यो । कार्यक्रम को बिच बिचमा स्थानीय कलाकारहरु अजय लोप्चन, प्रकाश तिवारी, खुस्बु खड्का, दिपा गुरुङ, अशोक बराइलीले साथ दिनु भएको थियो भने बिनोद कटुवालको मंगल धुन बाट सास्कृतिक कार्यक्रम को सुरुवात गरिएको थियो ्र कार्यक्रम संचालनको पुरै अबधिभर दर्शकहरु धिरज रार्इका गीतहरुमा झुमेका देखिन्थे । सास्कृतिक कार्यक्रम सम्योजक, प्रमुख अतिथ , तथा अध्यक्ष बाट कलाकारहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार