नेपाली जन सम्पर्क समिति जापानद्वारा बिशेष दशैं कार्यक्रम सम्पन्न

६ कार्तिक २०६९, सोमबार ०१:२१ मा प्रकाशित

जापान । नेपाल जनसम्पर्क समिति जापानले २०६९ सालको दशैं कार्यक्रमलाई बिशेष दशैं कार्यक्रमको रुपमा जापानको निगाता शहरमा जापान भरिको नेपाली प्रबाशी मित्रहरुलाई निमन्त्रणा तथा सहभागी गराई नेपाली दशैं परम्परालाई धुमधाम संग सम्पन्न गरेको छ।

नेपाली जन सम्पर्क समिति जापानले अफ्नो क्षेत्रिय संगठन रहेको जापानको छिमेकि राष्ट्रहरु रसिया र उत्तर कोरिया को भुमिबाट नजिक रहेकको निगाता शहरमा धेरै जसो गाडी ब्यापारी नेपालीहरुको व्यापारिक औधोगिक केन्द्र भनी चिनिने यो शहरमा अफ्नो महत्वूर्ण बिशेष कार्यकम गरी नेपाली व्यापार र उद्योगलाई समेत बढावा दिने कार्यमा यस्तो कार्यक्रम गरि अलि कति भए पनि प्रोत्साहन हुने विश्वास गरिएको छ।

जापान भरि बाट प्रबाशी नेपालीहरुको ठुलो जमघट हुने गरी निगाता शहरमा भएको यो कार्यकम जापानबासी नेपाली समुदायको लागि हर्ष उल्लाश र ऐतिहासिक भएको स्थानीय नेपाली ब्यापारीहरुको भनाइ रहेको छ।

अक्टुबर २० शनिबार बिहान ८ बजे बाट जापान भरिबाट नेपाली तथा नेपाली समुदाय प्रति सदभाव राख्ने जापानीज मित्रहरुको निगाता आगमनबाट सुरु भएको यो कार्यकम बिहान १० बजे सबै पाहुनाहरुलाई हट स्प्रिङ वाटर बाथ एबम तातो पानीमा नुहाउने कार्यकमको सुरुवात बाट सुरु भएको थियो। र्रोएल हट बाथ निगाता को २ घण्टाको आरामदायी हट बाथ सम्पन्न गरि दिउँसोको खसी भोग गरि परिचयात्मक कार्यक्रम हुँदै खसीको मासु पोलेर खाने, खसी को भुटुवा दशैंको परिकारको स्वादन गर्दै साझा ६ बजे औपचारिक शुभकामना कार्यकम आयोजना गरिएको थियो।

औपचारिक शुभकामना कार्यक्रमको प्रमुख अथिति नेपाली जन सम्पर्क समिति जापानको अध्यक्ष श्री बलराम श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाली जन सम्पर्क समिति जापान को उपाध्यक्ष तथा दसैं कार्यकमको संयोजक श्री नारायण सुबेदि ज्यूबाट भएको थियो।

यसै गरि उपाध्यक्ष पासांग शेर्पाले बिसेष अथिति, अथितिहरुमा एन आर एन जापानको उपाध्यक्ष तथा सलाहकार बिष्णु रेग्मी, प्रबक्ता राजेन्द्र जमरकट्टेल, एन आर एन आई सिसि महिला बिभाग संयोजक तथा सदस्य डा. नम्रता पाण्डे, सदस्यहरु श्याम लामा, उदय राज कंडेल, नेपाली जन सम्पर्क समिति होकिरिकी अध्यक्ष जिबन थापा, सी टि एन को पुर्ब अध्यक्ष काशीराम उप्रेती, निरज कोइराला शिवजी बर्तौला जापानिज मित्र मिकी खानेकोले दशैको सुभकामना सन्देश दिनु भएको थियो।

दसैं हाम्रो महान चाड हो यसको जगेर्नाको लागि हामीले यसलाई सधै एक्यबद्धताले संस्कृतिको निरन्तरतालाई अगी बढाउनु पर्छ, राम्रो संस्कृतिले राम्रो संस्कारको बिकाश गर्छ राम्रो संस्कारले समाजको बिकाश र उन्नतिमा मार्ग दर्शक बन्छ त्यसैले हामी नपाई हाम्रो नेपाल हामी सबैको नेपाल भन्ने भाबना राखी हामीले नेपालीपनमा सदै निरन्तर दिदै समाजको अग्रगमनलाई दिशा निर्देश गर्नु पर्छ प्रखुख अतिथिको रुपमा बलराम श्रेष्ठले बताउनु भयो। यसै क्रममा कार्यक्रमको अध्यक्ष नारायण सुबेदीले हामीले जहाँ भए पनि नेपालीपनलाई अग्रस्थान दिदै नेपालीको मेल जोल र संस्कृतिको जगेर्ना गर्न पर्छ भनि रात्रि दशैं भोजको टोष्ट प्रस्ताब गर्नु भयो।

एन आर एन को उपाध्यक्ष तथा नेपाल जनसम्पर्क समिति जापानको सलाहकार श्री बिष्णु रेग्मीले नेपाली र नेपालको यो महान चाडमा तपाई हामीले हाम्रो परम्परले दिएको एकताको सन्देश हो भन्नु भयो।

यसै क्रममा उपाध्यक्ष पासांग शेर्पाले नेपाली एकता र संस्कारको बिकाशमा हामीले नेपालीपन देखाउनु पर्ने बताउनु भयो। त्यसतै कृषि मन्त्रालयको उप-सचिब श्री पधुम्न्न पाण्डेले नेपाली समाजलाई यस्तो कार्यक्रमले बिकाश र सामाजिक मेलजोलमा गाडा बनाउछ भन्नु भयो। एन आर एन आई सिसि महिला बिभाग संयोजक डा. नम्रता पाण्डेले हामीले सबै नेपालीहरुको सुख मेलजोल नै नेपालीहरुको एकता र बल हो भन्नु भयो। प्रबक्ता राजेन्द्र जमरकट्टेल ले हामी सबै नेपाली को यो महान चाडमा देशमा होस् वा बिदेशमा होस् एकता भएर हामी सबैले नेपाली एकता र बिकाशको यो ऐतिहासिक परम्परालाई निरन्तर दिनु पर्छ भन्नु भयो। सबै जापानबासी नेपालीहरुको जमघटले निगाता बासी नेपाली र नेपाली एकताको प्रतिनिधित्व गरेको छ भनि होकिरिकु एन आर एन संयोजक उदय कंडेल ले बताउनु भयो।

कार्यक्रममा सबै नेपाली दाजु भाइहरुलाई हार्दिक स्वागत गर्दै नेपाली एकता र सदभाव ले नेपाली समाजको बहु मुल्यता झल्काउ छ भनि माधब रेग्मीले स्वागत भाषण गर्नु भएको थियो। कार्यकमको संचालन नेपाली जन सम्पर्क समिति को सह–महामन्त्री सुजन जोशीले गर्नु भएको थियो। कार्यक्रमको अन्तमा दसैँ भोज कार्यकमको आयोजना गर्दै दशैँ नाच र डान्स गरी नेपालीहरुको एकतामयतालाई गहिरो बनाउदै रमाइलो संग कार्यकमको समापन तथा अर्को बर्षको दशैँ आगमनमा फेरी भेटघाट गर्ने गरि दसैँ नाच र दसैँ भोज गरि समापन गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय