गैर आवासीय नेपाली संघ स्विडेनको आयोजनामा बडा दशै २०६९ सम्पन्न

६ कार्तिक २०६९, सोमबार ०१:२० मा प्रकाशित

स्विडेन । गैर आवासीय नेपाली संघ स्विडेनको आयोजनामा राजधानी स्टकहोम र स्विडेनको दोश्रो ठूलो शहर गोटेन्बर्गमा बडा दशै २०६९ यही अक्टुबर २० शनिबारका दिन भब्य रुपमा मनाइयो। राजधानी स्टकहोममा चीरन्जीबी खरेलले उद्घोषण गर्नुभएको कार्यक्रममा एन आर एन ए स्विडेनका अध्यक्ष नबीन थपलिया, उपाध्यक्ष सञ्जय थापा माहासचीब अमृत घरती मगर, कार्यसमिती सदस्य तथा महिला संयोजक सोमा अधीकारी तथा जानुका एन्डर्सनले शुभकामना मन्तब्य दिनु भएको थियो भने अन्य सहभागी नेपाली दाजुभाइ दिदिबहीनीहरुले आ-आफ्नो स्थानबाट शुभकामना अदानप्रदान गर्नु भएको थियो।

शुभकामना अदान प्रदान पस्चात संघका अध्यक्ष नबीन थपलियाले औपचारिक कार्यक्रमको समापन गर्नु भएपछि बिभिन्न स्वादिष्ट नेपाली पारीकारहरुका साथ खानपीन तथा नाचगान सुरु भएको थियो। सम्पूर्ण सहभागीहरुले हर्सोल्लासका साथ बेलुका १० बजेसम्म हासी खुशी रमाउदै दशै मनएका थिए।

यसै गरी गोटेनबर्गमा एन आर एन स्विडेनका सचिब खिम न्यौपानेले सन्चालन गर्नु भएको कार्यक्रमलाई संघका उपाध्यक्ष प्रेम गौतमले प्रमुख आतिथ्यता प्रदान गर्नु भएको थियो भने गोटेन्बर्ग साखाका संयोजक मौसम लिन्देनले कार्यक्रमको सभापतित्व ग्रहण गर्नु भएको थियो। संयोजक मौसम लिन्देनको रेस्तुरेन्टमा भएको बडा दशै कार्यक्राममा स्विडिस नागरिक अन्य देशबाट आएका र ठूलो संख्यामा नेपाली दाजुभाइ दिदी बहिनीहरु उपस्थित भै हर्सोल्लासका साथ बिभिन्न खानपिनका पारीकार सँग रमाउदै बडा दशै २०६९ भब्य रुपमा मनएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय