लस एन्जलसमा संयुक्त रुपमा दशैं कार्यक्रम सम्पन्न

५ कार्तिक २०६९, आईतवार १७:४४ मा प्रकाशित

गोकुल ढकाल, अमेरिका । लस एन्जलसमा भएका तीन संस्थाले संयुक्त रुमामा दसैँ कार्यक्रम मनाएका छन् ।

लस एन्जलसका सक्रिय तीन संस्था नेपाल अमेरिका एकता समाज, फ्रेन्ड्स अफ नेपाल र ए एन एस लस एन्जलसको संयुक्त आयोजनामा दशैं कार्यक्रम सम्पन्न भएको छ । यस क्षेत्रका नेपालीहरुको ठुलो उपस्थितिमा गायक ओमबिक्रम बिष्टको उपस्थिती र उनको सांगितिक प्रस्तुति संगै कार्यक्रम सम्पन्न भएको छ ।

ए एन एस, लस एन्जलसका अध्यक्ष रबिन्द्र प्रधानको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा एकता समाजकी अध्यक्ष उमा कार्की थापाले शुभकामना मन्तव्य दिनुभको थियो । स्थानीय कलाकारहरूको सांगितिक प्रस्तुति र नाचसंगै सुचारु कार्यक्रममा श्रीपशुपतिनाथ फाउन्डेशनका कोषाध्यक्ष पुन्नाखर ऋषी ढकालले संस्थाले छिट्टै शुरु गर्ने नेपाली मन्दिर र सामुदायिक भवन खरिद प्रक्रियाको बारे जानकारी गराउनुभएको थियो । यसैबिच भर्खरै बिमोचित ‘नेपालको माया’ गीती संगालोका रचानाकार एवम् प्रकाशक प्रेम र ब्रिन्दा गुरागाइंले दुई दिनमै सी डी बिक्रिबाटको २५ प्रतिशत रकम १,५०० डलर फाउन्डेशनका कोषाध्यक्ष ढकाललाई हस्तान्तरण गर्नुभएको थियो ।

स्थानिय कलाकारहरुको प्रस्तुतीको बिचमा गायक ओमबिक्रम बिस्टका चर्चित गीतहरुको प्रस्तुतिले उपस्थित सम्पुर्ण सात समुन्द्र पारीको दशैंको यो कार्यक्रममा खुलेर आनन्द लिइरहेका थिए । यस क्षेत्रमा सक्रिय अन्य संघ संस्था, तिनका पदाधिकारीहरू र लामो दुरीबाट पनि उपस्थित नेपाली समुदायको उपस्थितीले परदेशको नेपाली एकताको झल्को प्रष्ट्याउंथ्यो ।

सूर्य प्रसाईं र अनु श्रेष्ठले संयुक्त रुपमा संचालन गरेको कार्यक्रमको अन्तमा डी जे र नेपाली खानाको ब्यबस्था गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार