दसैंको निम्ति ६ टन अस्ट्रिजको मासु बजारमा

५ कार्तिक २०६९, आईतवार १७:४१ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही ५ कातिक । अस्ट्रिज नेपाल प्रालिले यस पटकको दसैंको निम्ति ६ टन अस्ट्रिजको मासु बजारमा ल्याएको छ । विश्वमैं सर्वाधिक महँगो मानिने अस्ट्रिजको मासु शौखिनका लागि बजारमा ल्याइएको कम्पनीका अध्यक्ष सीपी शर्माले बताए । विशेष गरी रूपन्देहीको बुटवल, भैरहवा, काठमाडौं र पोखरालाई लक्षित गरी अस्ट्रिजको मासु दशैंका लागि बजारमा ल्याइएको हो ।
दशैं पर्वका लागि बजारमा मासु गइसकेको छ, शर्माले भने, यसपटकको दशैंमा मासु पारखीका लागि यो मासु नयाँ स्वादका रूपमा रहने छ । उनका अनुसार अस्ट्रिजको मासु आपूर्तिका लागि रूपन्देहीमा क्वालिटी फ्रेश हाउस बुटवललाई जिम्मा दिएको छ ।

बुटवलका अन्य डिपार्टमेन्टल स्टोरमा पनि यो मासु उपलब्ध हुने छ । काठमाडौंमा क्रेजी बर्गर ठमेल, अचानो डटकम (कपन० र भाटभटेनी डिपार्टमेन्टल स्टोरमा समेत अस्ट्रिचको मासु उपलब्ध हुन्छ । स्वस्थकर मानिने अस्ट्रिचको मासु कोलस्ट्रोल प्रिm हुन्छ । रेड मिटका रूपमा रहे पनि यो मासुको उपभोगले कुनै हानी नगर्ने दाबी कम्पनीको छ । रक्तचाप, मुटुका बिरामीलाई यसको मासु निकै लाभदायक हुन्छु शर्माले भने, अस्ट्रिचको मासु तयार गरी १८ डिग्री सेन्टिग्रेडको तापक्रममा राखेर ६ महिनासम्म प्रयोग गर्न सकिन्छ ।ु कम्पनीले अस्ट्रिचको मासु आफ्नो र्फममा प्रतिकिलो मूल्य २ हजार रुपैयाँ कायम गरेको छ । अन्य बिक्री केन्द्रले ढुवानीलगायत विभिन्न सेवा जोडेर केही बढीमा बिक्री गर्न सक्छन् । प्रतिकेजी मासुमा, बोसो हाड, नशा, छाला केही नराखी शुद्ध मासुको मात्र तौल राख्ने गरिएको छ ।

गत वर्षबाट मासु बिक्री गर्न थालेको कम्पनीले भदौसम्ममा २० टन मासु बिक्री गरिसकेको छ । कम्पनीले गत सिजनसम्म खाने प्रयोजनका लागि ६ हजार अण्डा बिक्री गरिसकेको छ । प्रतिअन्डा २ हजारमा बिक्ने गरेको

छ । पाँच वर्ष अघि रूपन्देहीको गंगोलिया(१ मा विदेश निर्यात गर्ने योजनाका साथ करिब ३० करोड रुपैयाँको लगानीमा अस्ट्रिच चराको व्यावसायिक पालन गर्न थालेको हो । २० बिघा क्षेत्रफलमा विस्तार गरिएको यो र्फम दक्षिण एसिया र पूर्वी एसियाकै हालसम्मको सबैभन्दा ठूलो फार्म भएको र यसको लगानी अहिलेसम्म ५० करोड रुपैयाँ नाघेको शर्माले जनाए ।

अस्ट्रिजको मासु सर्वाधिक स्वास्थ्यकर रातो मासु हुने भएकाले यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा उच्च छ । भिटामिन र अन्य मिनिरल उच्च हुनुको साथै ओमेगा (तीन० तत्व प्रचुरमात्रामा हुनुले यसको माग उच्च छ । अस्ट्रिजको प्रत्येक चिज मूल्यवान छु शर्माले भने, अस्ट्रिचको छाला, बोसो, हाड, प्वाँखको ठूलो परिमाणमा विदेशी मुलुकबाट माग हुन थालेको छ । यसको तौल डेढदेखि साढे दुई क्विन्टलसम्म हुन्छ । सन् २०१३ मा २ सय टन र २०१४ मा २ हजार ५ सय टन मासु बिक्रीका लागि बजारमा ल्याउने योजना कम्पनीको छ । माग अनुरूपको आपूर्ति गर्न नसके पनि ठूला तारे होटेल, डिपार्टमेन्टल स्टोर र उच्च स्तरिय रेष्टुरेन्टमा यो मासुको माग हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

आजको प्रमुख समाचार