रेखाको अर्को हल्ला

५ कार्तिक २०६९, आईतवार ०९:२९ मा प्रकाशित

काठमाडौं । यो हल्लैहल्लाको देश न पर्‍यो । त्यसमाथि नेपाली चलचित्र क्षेत्र त झनै हल्लैले हल्लिन्छ । उसैपनि नायिका रेखा थापाको बारेमा थुप्रै हल्ला चल्छन् र उसैगरी सेलाउँछन् पनि । केही दिनअघि त्यस्तै रेखा समेत जोडिएको यस्तै हल्ला चल्यो, नायिका बिनिता बराल र रेखाले सँगै सिनेमा खेल्ने भनेर ।

यतिबेला छायांकन भईरहेको सिनेमा ‘हमेसा’मा बिनिता पनि भित्रिने बजार हल्ला चलेपनि त्यो झूटो भएको निर्देशक सहवीर श्रेष्ठले बताए । रेखाले बिनितासँग यसबारेमा कुरा भने गरेको बुझिएको छ । ‘निर्देशकलाई नै थाहा नभएको कुरा मैले कसरी भन्नु,’ बालाजुस्थित छायांकनस्थानबाट कुरा गर्दै सहवीरले भने ।

रेखा बिनिताको प्रशंसक समेत हुन् । ‘चपली हाइट’ सिनेमा हेरेपछि रेखाले ‘केटीले आँट गरिछ’ भनेर बिनिताको प्रशंसा गरेकी थिइन् । त्यसपछि रेखाको ‘हट नायिका’को पगरी बिनिताले खोस्ने आँकलन समेत गरेका थिए, धेरैले । दुवै हट नायिका खेलेर सिनेमा चलाउने दाउ थियो, रेखाको । तर केमा कुरा मिलेन बिनिता नआउने लगभग निश्चित भएको छ ।

‘हल्ला चलेको थियो । तर समय मिलाउन सकिएन,’ बिनिताले भनिन्, ‘हल्लामै सीमित होला जस्तो छ ।’ डिभोर्स हल्ला चलाएका रेखा थापा र छवि ओझा दुवैको नाममा रहेको कम्पनीले ‘हमेसा’ निर्माण गर्दैछ । मुख्य भूमिकामा देखिने रेखासँग नव नायक नरेन खड्काले रोमान्स गर्नेछन् । ७५ लाख रुपियाँ लागतमा सिनेमा निर्माण हुने बताइएको छ ।

Source: filmnepal.com

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो

काठमाडौं । बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ

काठमाडौं । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा