भट्टराई सरकारका घूस माग्ने मन्त्री बेलवासेले दिए राजीनामा

५ कार्तिक २०६९, आईतवार ०९:२६ मा प्रकाशित

काठमाडौं, ५ कार्तिक । घूस मागेको भनि सार्बजनिक गरिएको भिडियोका कारण बिबादमा मुछिएका श्रम तथा रोजगारमन्त्री कुमार बेलवासेले अन्तत हिजो शनिबार फ्याक्स मार्फत राजीनामा दिएका छन् । शनिबार प्रधानमन्त्रीको कार्यालयमा राजीनामा फ्याक्स गरेका बेलवासेले फोन मार्फत प्रधानमन्त्रीलाई आफ्नो राजीनामाको औपचारिक जानकारी गराएका हुन् । श्रोतका अनुसार शनिबार बिहानै भट्टराईले फोन गरी बेलवासेलाई राजीनामा दिन निर्देशन दिएका थिए । बेलवासे नेकपा मालेबाट मन्त्री भएका हुन् । भ्रष्टाचार विरुद्ध कार्यरत रहेको भनिएको अभियान नेपाल नामक सामाजिक संस्थाका पदाधिकारीसँग पार्टीका लागि भन्दै बेलवासेले रकम मागेको भिडियो सार्बजनिक भएको थियो । यसअघि भट्टराईले श्रम तथा रोजगारमन्त्री सरिता गिरीलाई समेत भ्रष्टाचारको अभियोगमा बर्खास्त गरेका थिए । बेलवासेले राजीनामा दिएपछि इतिहासमै सबभन्दा जम्बो ४९ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर रेकर्ड राखेका भट्टराई सरकारमा जम्मा १६ मन्त्री बाँकी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार