ताप्लेजुङ, ८ चैत । ताप्लेजुङको दोखुमा भएको आगलागिमा परी मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । आगलागिमा परी हिजो अपरान्ह्रबाट संम्पर्क बाहिर रहेका ताप्लेजङ दोखुका धनबहादुर मगर पनि मृत अबस्थामा फेला परेका छन । आगलागी परी हिजै मगरकी श्रीमती बुद्धिमायाको ज्यान गइसकेको छ ।
धुसेनी जंगलमा गत सोमबार देखि लागेको आगो हिजो बस्तिमा पस्दा ४ वटा घर समेत जलेर नष्ट भएका छन । आगलागिबाट धनबहादुर मगर र निजका छोराहरु टेकबहादुर र तिलबहादुर मगरको घर मतान गरी ४ वटा घर जलेर नष्ट भएको हो । घरभित्रको कुनैपनि समान निकाल्न नसकिएको बताइएको छ । आगलागीबाट मगर परिवारका ८ ओटा बाख्रासमेत मरेका छन । उता अग्नीपीडित मृतकका परिवारलाई तत्काल राहतका लागि जिल्ला दैविप्रकोप
उद्धार समितिले नगद २५ हजार रुपैया प्रदान गरेको जिल्ला दैविप्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी देवराज ढकालले जानकारी दिनुभएको छ । आगलगीबाट प्रभावित प्रति परिवारलाई ५० किलो चामल, पाल र लताकपडा तथा भाडाकुंडा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ताप्लेजुङले उपलब्ध गराएको छ । हिजो दिउँसैदेखि नेपाल प्रहरी ,शसस्त्र प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन् । भीरमा आगो लागेको र आगो
नियन्त्रण गर्न गाह्रो भएकोे बताइएको छ । आज घुमाउने जंगल तर्फ आगो बढेको छ भने त्यस क्षेत्रको बस्ति जोखिममा परेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल
काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ