एम्नेष्टी इन्टरनेशनलले नेपाली समुदायसंग अन्तर्कृया गर्‍यो

४ कार्तिक २०६९, शनिबार २०:५२ मा प्रकाशित

दिपक पौडेल, दोहा । मानव अधिकारकावारेमा वकालत गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एम्नेष्टी इन्टरनेशनलले नेपाली समुदायसंग अन्तर्कृया गरेको छ । एम्नेष्टीसंगको कुराकानीमा नेपालीजनले खुलेरै मनका कुरा बताए । मानव अधिकारसम्बन्धि विश्वब्यापी मान्यताका वारेमा चर्चा गरिएको सो अन्तर्कृयामा स्थानीय ऐनकानुन तथा परिस्थितिको मर्यादा राख्दै सम्भाब्य सुधारका क्षेत्रहरूवारे छलफल गरिएको थियो ।

एम्नेष्टी इन्टरनेशनलको अन्तर्राष्ट्रिय सचिवालयका आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार (इएससिआर) टोली प्रमुख मेघना अब्राहम, ‘ग्लोवल इस्युज प्रोग्राम’का अनुसन्धानकर्मी जेम्स लिन्च र ‘ग्लोबल थिमेटिक इस्यु’का अभियानकर्मी क्याथरिन पेल्लेग्रिनोसंग नेपाली समुदायले गत शुक्रवार विहान सोफिटल होटलमा एक विस्तृत अन्तर्किृया गरे ।

२० दिन लामो कतार वसाईका क्रममा यहाँका हरेक तह तप्काका निकायमा ब्यापक भेटवार्ता गरेको र समुदायहरूमाझ जाने क्रममा नेपालीजनसंग पनि प्रशस्तै कुराकानी गरेको उनीहरूले बताए । ‘जहाँ परिवर्तन आवश्यक मात्रै होइन, सम्भाब्य र ब्यवहारिक पनि छ,’ मेघनाले भनिन्– ‘त्यहि अध्ययन गर्न आएका हौं र राम्रो प्रतिकृया पाएका छौं ।’ नेपाली समुदायका राय सुझावहरूलाई सम्बन्धित निकायसम्म पुराउने उनले बताइन् ।

नेपाली सुमदायका अगुवा सागर नेपालले प्रस्तुत गरेको सो अन्तर्कृयामा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारमा अध्यक्ष अमृत गुरुङले नेपाली समुदायका सुझावहरू प्रस्तुत गरेका थिए । नेपाली चासोका विस्तृत सन्दर्भमा सुझाव पस्कँदै गुरूङले कतारमा गैरकानुनी हैसियतमा रहन बाध्य भएका नेपालीहरूको संख्या ठुलो रहेको र उनीहरूलाई आममाफीको ब्यवस्था हुनसके निकै राहतकारी हुने बताए ।

अगुवा नेपालले पनि सोही विषयमा जोड दिएका छन् । नेपालीहरूले कतार निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको चर्चा गर्दै उनले नेपालीका भावनाहरू सम्बन्धित निकायसम्म पुग्ने परिस्थित बन्दै गएकोमा खुसी ब्यक्त गरे । नेपालले सो छलफल सकारात्मक सोचका साथ सौहाद्र्वता भेटकारुपमा आयोजना गरेको उल्लेख गरे । स्थानीय परिस्थितिमा आफुलाई असल सावित गर्न ऐनकानुनको मर्यादालाई सदैव उच्च प्राथमिकता दिनुपर्ने पनि उनको सुझाव थियो ।

समुदायका अगुवाहरूले कामदार र रोजगारदाता कम्पनीमाथि कतारी निकायको प्रत्यक्ष अनुगमन, वेलामौकामा पारिश्रमिक पुनरावलोकन, घरेलु कामदारका लागि कानुनको ब्यवस्था लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु