बेल्जियमबाट जबर्जस्ती नेपाल फर्काउने कार्य रोकिने: प्रचण्ड

४ कार्तिक २०६९, शनिबार २०:५० मा प्रकाशित

केजिन राई, लुभेन, बेल्जियम । ‘नेपाली सरकारी अधिकारीहरू संलग्न भए नेपाल फर्कना साथ यो कार्य तत्काल रोक्न सत्तारुढ पार्टी अध्यक्षको नाताले निर्देशन दिनेछु । यो बिषय भर्खरै जानकारी भयो तसर्थ आम नेपालीलाई नेपाल डिपोर्टेशन गर्ने बेल्जियम सरकारलाई हामीले साथ दिने छैनौँ ।’ स्वदेश फर्कना साथ बेल्जियमबाट नेपालीहरू फर्काउने कार्य रोक्न प्रयास गर्ने पूर्व प्रधानमन्त्री तथा एनेकपा माओबादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बताउनु भयो ।

एनेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई बेल्जियमको लुभेन शहरमा यसै हप्ता एनआरएनए बेल्जियमले आयोजना गरेको स्वागत तथा अन्तर्क्रिया कार्यक्रमको सन्दर्भमा वहाँले सो प्रतिबद्धता व्यक्त गर्नु भएको हो । केही
समय यता बेल्जियममा बस्नका लागि अनुमति मागेका र सबैखाले प्रकृतिका मुद्दाहरू सकिन नपाउँदै नेपालीहरूलाई जबर्जस्ती नेपालबाटै आएका २ जना सरकारी अधिकारीहरूले क्लोजक्याम्प भित्रै अन्तर्वार्ता लिँदै धेरैको संख्यामा नेपालीहरू नेपाल फर्काउने कार्य भईरहेको र यसबारे नेपाल सरकारको आधिकारिक भनाई के हो ? भन्ने बारे पूर्व एन आर एन बेल्जियमका अध्यक्ष युवराज गुरुङको जिज्ञाशा बारे वहाँले उक्त कुरा बताउनु भएको हो ।
एनेकपा माओबादी अध्यक्ष प्रचण्डले द्वैध नागरिकताको सवालको जिज्ञासा बारी अगाडी भन्नुभयो । ‘नागरिकताको निरन्तरताको विषयमा आफू र आफ्नो पार्टी सँधै सकारात्मक रहेको र अब बन्ने संविधानमा दोहोरो नागरिकताको धारालाई निश्चित रूपमा राखिने छ, प्रबासी नेपालीहरू यो कुरामा ढुक्क हुनुहोस् ।’ बाध्यता र बिबिध कारणले अन्य मुलुकको नागरिकता लिनु परे पनि मातृभूमिलाई चटक्कै बिर्सन नहुने बताउँदै एक पटकको नेपाली सँधैका नेपाली भन्ने एन आर एनको नारामा हामी अडिग छौँ ।
अध्यक्ष प्रचण्डले बेल्जियमको इपर शहरमा यहाँको प्रशासनले स्मारक बनाउन अनुमति र जग्गानै उपलब्ध गराई सकेको अबस्थामा स्मारक निर्माण कार्यमा नेपाल सरकार नै अग्रसर हुने दाबी गर्नु भयो । खेलकुद संस्कृति आदि विषयको सवालमा विगत भन्दा बर्तमानमा सुविधा, प्रबिधी र विकासमा ठूलो अन्तर आएको पनि अध्यक्ष प्रचण्डको दाबी थियो । साथै उहाँले आफू नेपाल फर्कना साथ वार्ता र सहमतिद्वारा अहिलेको समस्याको निकास १/२ दिन भित्र निकाल्ने उल्लेख गर्नु भयो ।

नेपाली जन प्रगतिशिल मञ्च बेल्जियमको दसौं अधिवेशनमा प्रमुख आतिथ्यता ग्रहण गर्न बेल्जियम आउनु भएको अवसरमा एनआरएनए बेल्जियमले उक्त कार्यक्रम आयोजना गरेको हो । एनआरएन बेल्जियमका कार्यबाहक अध्यक्ष बोधराज पौडेलको सभापतित्वमा सम्पन्न उक्त स्वागत तथा अन्तर्क्रिया कार्यक्रममा बेल्जियम स्थित विभिन्न नेपाली संघसंस्थाहरूको अध्यक्ष तथा प्रतिनिधिहरू, एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष, सल्लाहाकारहरु, कार्यसमितीका पदाधिकरी तथा सदस्यहरू, पत्रकार विभिन्न समुदायहरूको ब्यापक जनसहभागिता रहेको थियो ।

एनआरएनए बेल्जियमका कार्यबाहक अध्यक्ष पौडेल तथा महिला उपाध्यक्ष अनिता लामाले पुष्प गुच्छा साथै खादा ओढाएर स्वागत गरे पश्चात उपस्थित सबै प्रतिनिधिहरूले आ–आफ्नो परिचय सहित पूर्व प्रधानमन्त्रीलाई बेल्जियममा स्वागत गर्दै आ–आफ्नो जिज्ञासा राखेका थिए । बोल्ने अधिकांस नेपालीहरूले अब बन्ने नेपालको संविधानमा गैर आवासिय नेपालीको एक पटक लिएको नागरिकताको निरन्तरता हुनु पर्ने माग राखेका थिए ।

उक्त स्वागत तथा अन्तर्क्रिया कार्यक्रममा एनआरएन बेल्जियमका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार युवराज गुरुङ, जन सम्पर्क समिती बेल्जियमका अध्यक्ष गंगाधर गौतम, नेपाल पत्रकार महासंघ यूरोप शाखाका उपाध्यक्ष केजिन राई, जन प्रगतिशिल मञ्च बेल्जियमका उपाध्यक्ष होम तमु, एनडीएफका उपाध्यक्ष तथा युरो नेपाल खेलकुद संघका अध्यक्ष किसान केसी, बिपी स्मृति प्रतिष्ठान बेल्जियमका प्रतिनिधि इन्द्र क्षेत्री पकवान, नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष हरि शर्मा थपलिया, तामाङ समाज बेल्जियमका अध्यक्ष भरत तामाङ, क्षेत्री समाज बेल्जियमका अध्यक्ष ॐ थापा, तमु समाज बेल्जियमका उपाध्यक्ष दुर्गा गुरुङ समेत अतिथि रहनु भएको थियो । कार्यक्रम एन आर एन बेल्जियमका महासचिब शिव कुमार बरुवालले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

आजको प्रमुख समाचार