अल्पसंख्यक पत्थकट्टा समुदायलाई मुखैमा आएको दसंैले छुन सकेको छैन

४ कार्तिक २०६९, शनिबार २०:४३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही,४ कार्तिक । कपिलवस्तुमा रहेका अल्पसंख्यक पत्थकट्टा समुदायलाई मुखैमा आएको दसंैले छुन सकेको छैन । अरुहरूले दसंै मनाउन विभिन्न तयारी गरिरहेको बेला यहाँका पत्थरकट्टालाई भने आफ्नै कामको चटारो छ । उनीहरूको अनुहारमा नजिकिंदै गरेको दसंैको कुनै रौनक र उत्साह देखिएको छैन ।
ढुंगाबाट मसला पिस्ने लोहोरो, चनौटो र जाँतो बनाउने जातिका रूपमा परिचित पत्थरकट्टा भन्छन्– ‘दिनभरि काम नगरी हातमुख जोर्न पुग्दैन अनि कसरी दसंै मनाउने रु’ गरिबी, अभाव र विपन्नताको कारण आफूहरूले जीवनमा अहिलेसम्म दसंै मनाउन नपाएको उनीहरूको भनाइ छ । ‘दसंै मनाउन त मन लाग्छ तर के गर्ने रकम अभावले कहिल्यै मनाउन पाइँदैन’, जहदी गाविसका रामकेवल पत्थरकट्टाले मुख निन्याउरो पार्दै भने– ‘एकसरो नयाँ कपडा अनि एक छाक मासु र निधारमा रातो टीका लगाएर परिवारसँग दसंै मनाउने रहर त छ तर अभावका कारण हालसम्म त्यो सपना भने पूरा भएको छैन ।’
फाटेको पुरानो झुत्रो कपडामा जीवन निर्वाह गर्दै आएका कपिलवस्तु नगरपालिका– ४ आनन्दवागका छांगुरले २ महिनाअघि मिहिनेत गरी बनाएको एक दर्जन सेट माल बिक्रीबाट यसपालि त दसैं रमाइलो गरी मनाउने सोच बनाएका थिए । तयारी माल एउटा पनि बिक्री नभएको भन्दै छांगुरले निराश हँुदै भने– ‘मसला पिस्ने आधुनिक मेसिन र रेडिमेड मसलाप्रति सर्वसाधारण आकर्षित भएकाले माल नै बिक्दैन, छाक टार्न त समस्या भइरहेको छ केले दसैं मनाउने ।’
सहरमा बिक्न छाडेपछि गाउँगाउँ डुलाउँदा पनि माल लिन कसैले रुची नदेखाएपछि उनीहरू झनै निराश बनेका छन् । धान, चामल, गहुँलगायत अन्नसँग बल्लतल्ल माल साटेर परिवारको गुजारा चलाउँदै आएको उनीहरू बताउँछन् । शिक्षा, स्वास्थ्य, रोजगारीलगायत राज्यद्वारा प्रदान गरिने सेवाबाट बञ्चित यहाँका पत्थरकट्टाले आर्थिक अभावका कारण कुनै पनि चाडबाड राम्ररी मनाउन नपाएको बताए ।
उनीहरूले धनी तथा अरु समुदायले दसंैको बेला पकाइने परिवार, नयाँ लुगा, गरेको रमाइलो हेरेर नै चित्त बुझाउन बाध्य छन् । माल बिक्री नभएपछि पुख्र्यौली पेसासमेत संकटमा परेका उनीहरूको यसपालिको दसैं पनि खल्लो भएको छ । जिल्ला विकास समितिका अनुसार अल्पसंख्यक जातिको रूपमा रहेका २ सय बढी पत्थरकट्टा परिवारको जिल्लामा बसोबास छ । नेपालको जनगणना २०५८ का अनुसार मुलुकभर कुल ६ सय परिवार पत्थरकट्टा समुदायमध्ये कपिलवस्तु जिल्लामा सबैभन्दा बढी २ सय परिवार रहँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले