आफ्नै दाजुभाईले लुटिदिदा उनीहरू गहभरी आशु बोकेर घर जान बाध्य

४ कार्तिक २०६९, शनिबार ००:४३ मा प्रकाशित

रुपन्देही, ४ कार्तिक। वर्षदिनको चाडमा घर फर्केका नेपालीहरू आफ्नै नेपाली सुरक्षाकर्मीहरूबाट लुटिन बाध्य छन् । कपिलवस्तुको भारतीय सीमा नाका कृष्णनगर हुँदै नेपाल प्रवेश गर्ने नेपालीहरू नेपाल प्रहरी तथा सशस्त्र प्रहरीबाट लुटिने गरेका छन् । दुई हातमुख जोर्न भारतका विभिन्न स्थानमा काम गरेर परिवारसँग वर्ष दिनको दसै मनाउन आएका नेपालीहरू भारतीयहरूबाट त लुटिने गरेका छन् नै नेपाली सुरक्षाकर्मीहरूले समेत लुट्ने गर्दा निकै निराश बन्ने गरेका छन् ।

दसंैका लागि भन्दै प्रहरीले विशेष सुरक्षा, हेल्प डेस्कलगायतको स्थापना गरे पनि उक्त योजना प्रभावहीन देखिएको स्थानीयबासी बताउँछन् । नेपाल फर्कंदै गरेका नेपालीहरूबाट भारतीय पक्षले ३ वटा नाकाहरूमा चेकजाँच भन्दै ३० रूपैयाँदेखि ५ सय रूपैयाँसम्म लिने गरेको पीडित नेपालीहरू बताउँछन् ।
त्यसपछि नेपाल प्रवेशलगत्तै विभिन्न स्थानका गरी ६ वटा नाकामा ५० देखि ३ सय रूपैयाँसम्म प्रहरीले पैसा असुल्ने गरेको दाङ लालमटिया निवासी विकास पोख्रेल बताउँछन् । नेपाल प्रवेशपछि लिंक गेट, भन्सार गेट, नेपाल प्रहरी चेक प्वाइन्ट कृष्णनगर, सीमा सुरक्षा चेक प्वाइन्ट कृष्णनगर, नेपाल प्रहरी चेक प्वाइन्ट बहादुरगञ्जमा सुरक्षाकर्मीहरूले रकम असुल्ने गरेको पीडित नेपालीहरूको आरोप छ ।
कृष्णनगर नाका हुदै दाङ्,प्यूठान, अर्घाखाँची, रोल्पा, गुल्मी, रुकुम तथा रोल्पा सम्मका नेपालीहरू घर जाने गरेका छन् ।
भारतबाट नेपाल प्रवेश गर्ने नाकाहरूमा उनीहरूलाई चेकजाँचको नाउमा दुखः दिने र रकम असुल्ने गरेको कृष्णनगरका स्थानिय अगुवा मुक्ति काफ्ले बताउनुहुन्छ । अर्काको देशमा भाडा माझेर कमाएको केहि पैसा समेत आफ्नै दाजुभाईले लुटिदिदा उनीहरू गहभरी आशु बोकेर खाली हात घर जान बाध्य छन् ।
घर फिर्ता हुनु अगावै भारतीय लुटेराहरूले हैरान पार्ने बढनी बजार आइसकेपछि नेपाली सुरक्षाकर्मीले चेकजाँचको नाउमा लुट्ने गरेको स्थानिय युवराज आचार्य बताउछन् ।बेरोजगारीको चरम मार खेप्दै भारतमा रोजगारी गरि घर खर्च चलाउन तथा दशै पर्व मान्न केहि रकम बोकेर आएपनि सीमा क्षेत्रमै आधा भन्दा बढि रकम बाड्नुपर्ने दाङ् भालुबाङका भुपाल पाण्डे भन्नुहुन्छ । हामीले यति दुखः गरि ल्याउने पैसा भारतीयले त लुटछन तर नेपाली दाजुभाई समेत लुट्नमा तल्लीन हुने गरेका छन् । सीमामा नेपाली सुरक्षाकर्मीहरूले थोरै सामाग्रीको पनि भन्सार गर्नुपर्ने, ल्याएको केहि भारुको अवैध कारोबार गरेकोमा फसाइदिने तथा प्रतिबन्धित सामान ल्याएको भन्दै डराउन दिने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले