भागबन्डा नमिलेपछि दुई माआवादीबीच विवाद बल्झियो

४ कार्तिक २०६९, शनिबार ००:४१ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ४ कात्तिक । सम्पत्ति भागबण्डाका बिषयमा पाल्पामा दुई माओबादीबीच फेरी विवाद भएको छ । एकीकृत नेकपा माओवादी र नेकपा–माओवादी पाल्पाबीच गत असोज ३ गते भएको सहमतिमा पार्टीको सबै सम्पत्ती माओवादीले लिने रसस्थापनलाई ढेड करोड बुझाउने सहमति भएपनि कार्यान्वयन नभएपछि विवाद बल्झिएको हो ।
सदरमुकाम तानसेन ७ कैलाशनगरमा रहेको ११ कोठा सहितको तीन तले भवन, सोही भवनसँग जोडिएको सहिद स्मृति सभाहल, पूर्वी रामपुरमा रहेको सहिद स्मृति भवन, रेडियो पश्चिमाञ्चलसहितको संयुक्त रुपमा १ करोड ५० लाख रुपैयाँ बराबरको मुल्य कायम भएको थियो ।
नेकपा–माओवादीले ५० प्रतिशत रकम बुझाएर किन्ने विषयमा दुई दलबीच सहमति भएपनि एनेकपा माओवादी सहमतिबाट पछि हटेको नेकपा माओवादीले आरोप लगाएको छ ।
सहमति अनुसार शुक्रबार पैसा बुझाउने कार्यक्रम भएपनि एनेकपा माओवादी सहमतिबाट पछि हटेको नेकपा माओवादीले जानकारी दिएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरि नेकपा माओवादी पाल्पाका इन्र्चाज बसन्त घर्तीमगरले एनेकपा माओवादीले ४१ लाख रुपैयाँ ऋण देखाएको, १ करोड ५० लाखको ६८ प्रतिशत धन दिनु पर्ने तर ऋण सबै नेकपा माओवादीले बेहोर्नु पर्ने नयाँ प्रस्ताव अगाडि सारेपछि सहमति हुन नसकेको बताउनुभयो ।
यसअघि दुई दलबीच ऋण धन बराबर गर्ने सहमति भएको थियो । नयाँ देखिएको ऋणको श्रोत खुलाउन आग्रह गर्दा एमाओवादी पक्ष बैठकबाट बाहिरिएको घर्तीले जानकारी दिनुभयो ।
एनेकपा माओवादीले नयाँ देखाएको ४१ लाख रुपैयाँ ऋणका विषयमा आफुहरु अनविज्ञ रहेको नेकपा माओवादीका सेक्रेटरी विरवल थापाले बताउनुभयो । यसअघि रहेको ४७ लाख ऋणमा नयाँ ४१ लाख थपिएपछि उनीहरुको नियत माथि नै शंका उब्जिएको बिरबलको भनाई छ ।

यता एकीकृत नेकपा माओवादीका जिल्ला ईन्चार्ज बसन्त शर्माले आफुहरु सहमतिबाट नभागेको तर अर्को पक्ष नै तयारी पुरा नगरि आएको बताउनुभयो ।

जिल्लामा आफुहरुको हैसियत ६८ प्रतिशत रहेको प्रमाण पेश गर्दा अर्को पक्षले पनि ६४ प्रतिशत दावी गरेको तर सो अनुसारको प्रमाण जुटाउन नसकेको शर्माले बताउनुभयो ।
पार्टीको सबै सम्पत्ति मुल्यांकन गर्दा एफएम स्टेसन पनि परेपछि त्यसको ऋण पनि मुल्यांकन गर्नु पर्ने भएपछि अहिले ४१ लाख रुपैयाँ ऋण देखिएको शर्माको भनाई छ ।पार्टीको संयुक्त सम्पत्ति १ करोड ५० लाख रुपैयाँ रहेकामा त्यसमा ऋण घटाएर पार्टीको हैसियत अनुसार भागबण्डा गर्न आफुहरु तयार रहेको बसन्त शर्माले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार