जनकपुरको जानकी मन्दिरमा ग्यास सिलिण्डर बिस्फोट

३ कार्तिक २०६९, शुक्रबार २०:४४ मा प्रकाशित

जनकपुर, ३ असोज । जनकपुरको जानकी मन्दिर परिसरमा शुक्रबार साँझ ग्यास सिलिण्डर विष्फोट भएको छ । जानकी मन्दिर परिसरमा राखिएको फुटपाथ पसलमा लाइट बाल्न प्रयोग गरिएको पाँच किलो वजन भएको ग्यास सिलिण्डर विष्फोट भएको हो । लाइट बालेर राखिरहेको सिलिण्डरमा एक्कासी ग्यास लिक भएर आगो लागेपछि विष्फोट भएको जानकी प्रहरी चौकीका इन्चार्ज सई विश्वनाथ साहले जानकारी दिए ।
सिलिण्डरबाट ग्यास लिक हुन थालेपछि प्रहरीलाइ खबर भएको थियो। खबर गरेको दुई मिनेट नबित्दै घटनास्थल पुगेको प्रहरीले बालुवा हालेर सिलिण्डर छोप्दाछोप्दै विष्फोट भएको थियो । विष्फोट अगावै स्थानीय बासिन्दाहरुलाई जानकारी दिएको कारण कुनै मानवीय क्षति भएन ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार