४७ औं अन्तर्राष्ट्रिय जातीय विभेद् उन्मूलन दिवस

८ चैत्र २०६८, बुधबार ०९:०० मा प्रकाशित

काठमाडौ, ८ चैत । आज मार्च २१ अर्थात ४७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी  देशै भरी मनाइदैछ । दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले शहरमा गोराजातिको रङ्ग विभेदका विरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना कालाजातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो । संयुक्त राष्ट्रसंघले त्यस घटनालाई मानव अधिकारको हनन भनेर सन् १९६६ मा सबैप्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित पनि गरिसकेको छ । नेपालले पनि सन् १९७१ मा महासन्धीको अनुमोदन गरिसकेको छ । यसैबीच दिवसरको अवसर पारेर आज काठमाण्डूमा “नयॉ संविधानमा दलित समुदायका अधिकार” विषयक राष्ट्रिय गोष्ठीको आयोजना गरिदैछ ।  गोष्ठी अघि काठमाण्डूको भद्रकालीबाट मध्यान्न १२ बजे विशाल ¥याली निकालिने भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले  आयोजना गर्न लागेको गोष्ठीमा देशभरका दलित अधिकारकर्मीहरुले सहभागिता जनाउदै छन् । काठमाण्डूको प्रज्ञाप्रतिष्ठानमा दिउँसो १ बजे आयोजन हुन लगेको कार्यक्रममा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति सुशिल कोइराला, एमाले अध्यक्ष झलनाथ खनालसहितका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा संयुक्त राजनीतिक दलित संघर्ष समितिका तर्फबाट जातिय विभेद तथा दलित अधिकारका सवालमा केन्द्रित आधार–पत्र आफ्नो आफ्नो पार्टीलाई पेश गर्ने कार्यक्रम छ । दलित समुदायमाथि हुँदै आएको जातीय भेदभाव र छुवाछुतलाई मानवता विरुद्धको जघन्य सामाजिक अपराधको रुपमा उल्लेख गर्दै निजी तथा सार्वजनिक कुनै पनि स्थानमा छुवाछूत गर्न नपाईने संवैधानिक व्यवस्थालाई सुनिश्चित गर्नुपर्ने दलित अधिकारकर्मीहरुले माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका