प्रमुख दलका नेताहरुलाई राष्ट्रपतिको प्रश्न,असोज महिना बित्यो कहाँ गयो सहमति ?

३ कार्तिक २०६९, शुक्रबार २०:३८ मा प्रकाशित

काठमाडौ, ३ असोज । राष्ट्रपति डा रामबरण यादवले प्रमुख राजनीतिक दलहरुलाई राजनीतिक र संबैधानिक गतिरोधबाट मुलुकलाई निकास दिने सहमति खोज्न निर्देशन दिएका छन् ।  राष्ट्रपतिको कार्यालय सितल निवासमा दलका शिर्ष नेताहरुलाई बोलाएर त्यस्तो निर्देशन दिएका हुन । उनले एक तिहाई बजेट कार्तिक मसान्तमा सकिने तर्फ गंभिर ध्यान आर्कषित गराउँदै पूर्ण बजेटमा दलिय सहमति जुटान समेत निर्देशन दिएका थिए ।  यसपटक राष्ट्रपतिले आफ्नो ब्यक्तब्य लिखित रुपमा प्रस्तुत गरेका थिए ।  एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रपतिले मुलुकमा गहिरिएको राजनीतिक तथा संवैधानिक संकटप्रति चिन्ता ब्यक्त गद दलहरुबीच निर्वाचनमा जाने विषयमा सहमति हुनुपर्ने उल्लेख गरेको जानकारी दिए ।  खनालका अनुसार राष्ट्रपतिले अध्यादेशबाट साशन गर्ने परम्पराप्रति असन्तुष्टि प्रकट गर्दै बजेटका कारण थप संकट आउन थालेको प्रति चिन्ता प्रकट गरेका थिए ।  काग्रेस सभापति सुशिल कोइरालाले राष्ट्रपतिलाई उधृत गर्दै तपाईहरुले पटक पटक सहमतिका लागि समय दिनु भो तर गर्नसक्नु भएन । खै सहमति ? तर तपाईहरुले सहमति गर्न सक्नु भएन, भन्नुस, म के गरु ? तपाईहरुले जे भन्नुहुन्छ त्यही गर्छु,। भनेर स्पष्ट भाषामा दलका नेताहरुलाई चेतावनी समेत दिनु भयो ।  राष्ट्रपतिले राजनीतिक निकासको लागि सबै दलहरु मिलेर जानु पर्ने सुझाव समेत दिएका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिको आग्रहलाई सकारात्मक भन्दै चाडबाड लगत्तै निकासको लागी छलफल गर्ने जानकारी दिए ।  राष्ट्रपतिले आफ्नो पुरानो आग्रह सम्झाउँदै सहमति कहाँ गयो के भयो भनेर दलहरुलाई प्रश्न गरेका थिए । ” यसअघि राष्ट्रपतिसंगको सामूहिक भेटमा प्रमुख दलका नेताहरुले असोज मसान्त भित्र सहमति गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ