प्रेम गुरागाइंको गिती संगालो ‘नेपालको माया’ बिमोचित

३ कार्तिक २०६९, शुक्रबार ०७:२८ मा प्रकाशित

गोकुल ढकाल, लस एन्जलस्, अमेरिका । रचनाकार तथा स्थानिय श्रीपशुपती फाउन्डेशनका महासचिव प्रेम गुरागाइंद्दारा रचित तथा उहांकी धर्मपत्नी ब्रिन्दा गुरागाइंद्दारा प्रकाशित ‘नेपालको माया’ सी डी एल्बमको बिमोचन भएको छ । आर्टिसिया स्थित गुरागाइंको आफ्नै निवासमा आयोजित बिमोचन समारोहमा रचनाकारका पिता डिल्लिराम गुरागाइं, बरिश्ठ इन्जिनियर क्न्हैयालाल कायस्थ र श्रीपशुपतिनाथ फाउन्डेशनका अध्यक्ष भक्त थापाले संयुक्त रुपमा एल्बमको बिमोचन गरेका छन् । गिती संगालोको विमोचनपश्चात गितकार प्रेम गुरागाइंले आफ्ना रचना, परिवार र समुदायको यसमा सहयोग र आफ्ना माता-पिताको ममता र आशिर्बादले समुन्द्रपारीको प्रांगणमा समुदायसामु एल्बम पस्किन पाउंदा हर्शित भएको बताए । राश्ट्रप्रेम, माया र भोगाइका बारे जीबनका उतार-चढावलाई जोडेर आफूले उनेका शब्दहरुका प्रत्येक बिक्री प्रतिको २५ प्रतिशत आफूले श्रीपशुपतिनाथ फाउन्डेशनको लागि दिने पूर्व घोषणा अनुरुप समुदायको सहयोगले यो कार्य सम्भब भएको बताएका थिए । गिती कोशेली, संगित, गायक-गायिका र आफ्ना शब्दहरुका बारेमा बोल्दै उनले बुद्ध, सगरमाथा र नेपाल चिनाउने आफ्नो अभियानस्वरुप ‘नेपालको माया’ले केही न केही सहयोग पुर्याउने बताए । एल्बम प्रकाशन योजना, तयारी र कस्टका बाबजुद हर रातको प्रयासले आफ्ना पति गीतकार गुरागाइंलाई एउटी श्रीमतीले गरेको हरसम्भव प्रेरणाबारे प्रकाशक श्रीमती ब्रिन्दा श्रेष्ठ गुरागाइंले आंखाभरी हर्षका आंशु भरेर बोल्दा उपस्थित सबका आंखा रसाएका थिए ।

लस एन्जलस क्षेत्र र यस वरपरका नेपाली तथा सामुदायिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा आयोजित बिमोचन समोरहमा पंडित शान्तप्रसाद पाठकले गर्नुभएको पूजा एवम् नवदुर्गाको बैदिक मन्त्रोच्चारणका साथमा एल्बमको बिमोचन भएको छ । सम्भवत: समुन्द्रापारीको देशको क्यालिफोर्निया राज्यमा प्रथमपटक नेपाली सुगम संगीतको बिमोचन भएको हो । चर्चित संगीतकार न्ह्यु बज्रचार्यले संगितबद्ध नेपालको माया गिती संगालोमा रामकृष्ण ढकाल, शिव परियार, हेमन्त राणा, उदय सोताङ, निलन्जना र प्रबिशा अधिकारीको स्वर समेटिएको छ । स्वदेश गानका साथमा सुगम संगितको रचनाले भरिएको गिती संगालो बिमोचन समारोहमा गितकारका पिता डिल्लिरम गुरागाइंले परदेशमा आएर आफ्नो पुत्रद्दारा रचित गितहरुको आफ्नै हातबाट बिमोचन गर्न पाउंदा ‘एउता भाग्यमानी’ पिताको महशुस भएको बताउनुभएको थियो । श्रीपशुपतिनाथ फाउन्डेशनका अध्यक्ष भक्त थापाले आफ्नै कमिटिका महासचिब गितकार गुरागाइंको बहुप्रतिभाशाली ब्यक्तित्वको सराहना गर्दै एलबम बिक्रीको २५ प्रतिशत फाउन्डेशनलाई सहयोग गर्ने बाचाको स्वागत गर्नुभएको थियो । कार्यक्रममा इन्जिनियर कन्हैयालाल कायस्थ, एनआरएनका बोर्ड सदस्य तथा फाउन्डेशनका सचिव राजेन्द्र सिवाकोटी, बौद्धिक संसार शैक्षिक प्रतिश्ठानका चक्रपाणी मिश्र, यस क्षेत्रका नेपालीलाई माया गर्ने भारतीय समाजसेवी तथा कांग्रेसम्यानका उम्मेदवार डा. जयन्द्र/उशा, नेपाल अमेरिका एकता समाजका उपाध्यक्ष सूर्य प्रसाइं, नेवा समाज साउथर्न क्यालिफोर्नियाका अध्यक्ष दिल बहादुर श्रेष्ठ र अन्तराश्ट्रिय नेपाली साहित्य समाज, लस एन्जलस च्याप्टरका महासचिव तथा एल ए नेपाल डट कमका संचालक गोकुल ढकालले गितकार गुरागाइंलाई बधाइ तथा शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा बक्ताहरूले परदेशको आफ्नै आंगनीमा पशुपतिनाथ, बुद्ध, सगरमाथा र नेपालको माया सम्झदैं ‘नेपालीको माया’ बिमोचन गर्ने पाउंदा ज्यादै खुशी लागेको बताएका थिए । श्रीपशुपती फाउन्डेशनका कोशाध्यक्ष पुन्नाखर ‘ऋशी’ ढकालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा उपस्थित सबैले गीतकार गुरागाइंलाई बधाइ दिदैं गिती कोशेलीको सराहना गरेका थिए । नेपाल अमेरिका एकता समाजका उपाध्यक्ष सूर्य प्रसाइंद्दारा संचालित कार्यक्रममा उपस्थितहरूको सम्मानमा गीतकार/प्रकाशक गुरागाइं परिवारले रात्री भोजको आयोजना गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन