बेश्याबृत्तिमा संलग्न सहित १५ जना पक्राउ

३ कार्तिक २०६९, शुक्रबार ०१:०८ मा प्रकाशित

रुपन्देही , २ कात्तिक । बेश्या बृत्तिमा संलग्न होटल व्यबसायी सहित चोरी लगायतका घटनामा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  बुटवल वार्ड नं. ४ स्थित अमिवा सिटी भ्यू होटल एण्ड रेष्टुरेण्टका म्यानेजर बुटवल–११ का २२ वर्षीय सुवास केसीलाई बेश्याबृत्तिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । होटल सञ्चालन गर्दै आएका उनले आफ्नो सम्पर्कमा केटीहरु राख्ने र ग्राहकको माग अुसार कन्ट्याक गरी ग्राहकको सम्पर्कमा लगाईदिने गरेको प्रहरीले बताएको छ ।  त्यस्तै चोरी पेशामा संलग्न एउटै समुहका ७ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यसरी पक्राउ पर्नेहरुमा बुटवल–२ का १७ वर्षीय राजन बिक, पर्राेहा–१ का २० वर्षीय अनिल परियार, बुटवल–५ का १७ वर्षीय आषिश शाक्य, बुटवल–१३ का १७ वर्षीय समिर लामा, दाङ् चलाही–४ का १९ वर्षीय सन्तोष चौधरी, सोही ठाउँका २४ वर्षीय अमिन चौधरी र बसन्तपूर २ रुपन्देहीका २५ वर्षीय केशव ठाकुर रहेका छन् । उनीहरुले बुटवल तथा आसपासका बिभिन्न स्थानमा चोरी गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै प्रहरीले बुटवल–८ मैत्रीपथबाट लु ६ प ९१२७ नम्बरको मोटरसाईकल चोरी गर्ने गढवा ६ दाङका २४ वर्षीय राजकुमार चौधरीलाई पनि पक्राउ गरेको छ । त्यस्तै गरी प्रहरीले लागु औषध सेवन तथा ओसार पसारमा संलग्न रहेको भन्दै २ जनालाई पक्राउ गरेको छ । बुटवल–९ का २३ वर्षीय सुमन थापा र बुटवल–११ का ३५ वर्षीय सुनिल गुरुङ्ग लाई लागु औषध सेवन तथा ओसार पसारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।
त्यस्तै गरी लागु औषध सेवन गरी सवारी साधन चलाएको भन्दै भैरहवा–काठमाण्डौ रुटमा चल्ने बसको चालक र सहचालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । गाडीका चालक विष्णुबहादुर गुरुङ्गले लागु औषध फेन्सिडिल खाई सवारी चलाएको र सहचालक हिराप्रसाद खरेलको साथमा चरेस फेला परेको प्रहरीले बताएको छ । प्रहरीले बुटवल आसपासमा पाकेटमारमा संलग्न रहेका २ जनालाई पक्राउ गरेको छ । प्युठान बाँङ्गेसालकी दुर्गा भण्डारीको साथबाट बुटवल नेपालगञ्ज रोडमा १० हजार सहित मोवाईल चोरी गर्ने कार्यमा संलग्न बुटवल ५ का २६ वर्षीय सन्तोस बिक र भारत नौतुनहवाका २० वर्षीय राजन परियारलाई प्रहरीले पक्राउ गरी बिहिबार ईलाका प्रहरी कार्यालय आज बुटवलले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना