प्रधानमन्त्रीलाई गतिरोध अन्त्य गर्न काँग्रेस नेता निधिको आग्रह

३ कार्तिक २०६९, शुक्रबार ०१:०७ मा प्रकाशित

जनकपुरधाम, २ कात्तिक । काँग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्री डा बाबुराम भट्टराईले पदको दुरुपयोग नगरी गतिरोध अन्त्य गर्नु जरुरी भएको बताउनुभएको छ । स्वास्थ्यकर्मी, सङ्घ र निजामती कर्मचारी युनियन धनुषाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रधानमन्त्रीले सहमतीय सरकार सन्दर्भमा पद छाड्नुपर्ने खाँचो औँल्याउनुभयो । वर्तमान सरकार राष्ट्रलाई अनिर्णयको बन्दी बनाउन उद्यत छ भन्दै नेता निधिले संविधानसभाको निर्वाचनमा जानु समस्याको निदान हुन सकिने धारणा पनि राख्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य मीनाक्षी झा, पूर्वसभासद् रामकृष्ण यादवलगायतले मुलुकका समस्या समाधानमा व्यवधान गर्ने तत्वहरुप्रति सजग हुनु जरुरी छ भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय