साना दलद्वारा राष्ट्रपतिलाई सक्रिय हुन आग्रह

३ कार्तिक २०६९, शुक्रबार ०१:०३ मा प्रकाशित

काठमाडौँ, २ कात्तिक (रासस) । साना दल आबद्ध सङ्घीय लोकतान्त्रिक मोर्चाले देशलाई असफलताबाट जोगाउन राष्ट्रपति डा रामवरण यादवलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ । मोर्चा आबद्ध सातवटै दलका अध्यक्षहरूले राष्ट्रपतिसँग आज शीतलनिवासमा भेटी मुलुकलाई असफलताबाट जोगाउन निर्देशनात्मक भूमिका निर्वाह गर्न आग्रह गरेको हो । सङ्घीय लोकतान्त्रिक मोर्चाले ठूला दलका कारण मुलुक असफलताको अवस्थामा पुगेको आरोप पनि लगाए । मोर्चाले सत्ता पक्ष र विपक्षीका ठूला दलहरू सत्ताको खेलमा लागेर मुलुकको समस्याप्रति गम्भीर नभएको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न विगतका उपलब्धि संरक्षण गर्दै ताजा जनादेशमा जान मागका साथै तीनबुँदे अवधारणा पत्रसमेत राष्ट्रपतिलाई बुझाएको छ ।
सत्तापक्ष सत्ता लम्ब्याउने र विपक्षी सत्ता प्राप्तिको खेलमा लाग्दा मुलुक थप अन्यौलग्रस्त भएको भन्दै मोर्चाले नयाँ निर्वाचनका लागि सहमतिको चुनावी सरकार गठन गर्न माग गरेको छ । भेटमा सहभागी राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले अहिलेको मुख्य आवश्यकता संविधान भए पनि दलहरूको सत्ताको खिचातानीले मुलुकलाई थप सङ्कटतर्फ धकेलेकाले संविधान संरक्षकको हैसियतले राष्ट्रपतिलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको बताए । जवाफमा राष्ट्रपति डा यादवले मोर्चाको मागप्रति आफू चिन्तित रहेको भन्दै भोलि हुने दलहरूसँगको छलफलमा यसका बारेमा गम्भीर छलफल गरिने आश्वासन दिएका थिए । मोर्चामा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी मधेसीलगायत गरी सातवटा दल आबद्ध रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

आजको प्रमुख समाचार