संविधानसभा पुनर्स्थापना गरि संविधान घोषणा गर्ने माओवादी प्रस्ताब काग्रेसद्धारा अस्विकार

२ कार्तिक २०६९, बिहीबार २१:०० मा प्रकाशित

काठमाडौँ, २ कात्तिक । एमाओवादीले संविधानसभा पुनर्स्थापना गरि संविधान घोषणा गरे नेपाली काँग्रेसको नेतृत्व सरकार वा निर्वाचनमा जाने भए एमाओवादीकै नेतृत्वमा सरकारमा सहभागी हुनु पर्ने प्रस्ताव काँग्रेस समक्ष राखेको छ । संविधानका विवादित विषय सङ्घीयतालगायतमा सहमति गरी संविधान घोषणा गर्न सकिएमा काँग्रेसको नेतृत्व सरकार बत्र बनाउन सजिलो हुने भन्दै एमाओवादीले सो प्रस्ताव गरेको हो तर संविधानसभाको निर्वाचनमा जाने भए सरकार बदल्न नहुने बरु एमाओवादीकै नेतृत्वमा सरकार हुनुपर्ने अडान स्पष्ट राखेको हो । काँग्रेसले भने सहमतिका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने अडान दोहोर्याएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराई तथा काँग्रेसका सभापति सुशील कोइरालाल र महामन्त्री कृष्णप्रसाद सिटौलाबीच आज बिहान कोइराला निवासमा भएको छलफलमा उक्त कुरा भएको हो । नेताहरूले राष्ट्रिय सहमतिको विकल्प छैन भन्दै सहमतिको अघि बढ्नुपर्ने कुरामा जोड दिएका थिए । छलफलपछि एमाओवादीका अध्यक्ष दाहालले सम्भव भएसम्म सङ्घीयतालगायत विषयमा सहमति गरी ‘संविधान घोषणा गरौँ र निर्वाचन जाऔँ’ भत्रे प्रस्ताव आफूले राखेको बताउनुभयो । ‘निर्वाचनमा जसरी पनि जानुपर्छ, संविधान घोषणा गरेर भए पनि नभए पनि वैशाखमा चुनाव जानुपर्छ तर संविधान घोषणा गरे जाँदा काँग्रेसलाई सरकारको नेतृत्व दिन सकिन्छ, नभए एमाओवादीकै नेतृत्वको हुनुपर्छ, दाहालले भने ।’ उहाँले निर्वाचनमा जाँदा ‘सबैभन्दा ठूलो दलको नाताले’ एमाओवादीले नेतृत्व पाउनुपर्छ भत्रुभयो । “मेरो अन्तरात्माले भनेको र पार्टीको सोचाइ पनि राम्रो र सजिलो संविधानका विवादित विषयमा सहमति गरी पुनःस्थापनामार्फत संविधान घोषणा गर्नु हो, सबभन्दा उत्तम यही हो ।”– अध्यक्ष दाहालले भत्रुभयो । उहाँले काँग्रेस र एमालेले पनि यसरी निर्वाचनमा जाने भनेमा आफू चुनावको पक्षमा सधैँ रहेको स्पष्ट गर्नुभयो । काँग्रेसका महामन्त्री सिटौलाले जुन सरकारले निर्वाचन घोषणा गरेर गल्ती ग¥यो, त्यही सरकारलाई पुरस्कृत गर्न सकित्र भन्दै राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ भत्रुभयो । उहाँले राष्ट्रिय सहमतिको सरकार गठन, निर्वाचनको प्रक्रिया एवम् नीतिनिर्धारण तथा राष्ट्रिय सहमतिको सरकारले गर्ने कामको विषयसूची तय गरी सहमतिमा पुग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं।भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

आजको प्रमुख समाचार